तस्विर समाचार

‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’

अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता अनुमोदन र कार्यान्वयनको विकल्पमा जान नेपाललाई आग्रह गरेकी छन् ।एमसीसीकै सन्दर्भमा उनले भदौ २४ देखि २७ सम्म नेपाल भ्रमण गरेकी थिइन् ।  एमसीसी मुख्यालय वासिङ्टन डीसीबाट शुक्रबार बेलुकी कान्तिपुरसँग भर्चुअल संवाद गर्दै सुमारले भनिन्, ‘म स्मरण गराउन चाहन्छु कि एमसीसीलाई अन्तर्राष्ट्रिय सम्झौताका रूपमा मान्यता दिलाउन संसद्बाट पारित गराउनुपर्छ… पुरा पढौ

वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा, यस्तो छ पौराणिक महत्त्व 

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीको पूजाआराधना गरिन्छ । विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय, मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् । मूर्तिमा, प्रतिमा या उनका चित्र अङ्कित फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् । विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव… पुरा पढौ

सन् २०२१ मा जापानमा बाल दुर्व्यवहारको घटनामा वृद्धि 

जापानमा अघिल्लो वर्षको तुलनामा बाल दुर्व्यवहारका घटनाहरूमा वृद्धि भै सन २०२१ मा दुई हजार १७० अर्थात् १.७ प्रतिशतले वृद्धि हुन पुगेका छन । एनपीएको प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रव्यापी रूपमा १८ वर्षमुनिका बालबालिकाहरूले वा उनीहरूका अभिभावकले दुर्व्यवहारमा परेको भन्दै बाल कल्याण केन्द्रहरूलाई सूचना दिएपछि कूल एक लाख आठ हजार ५० मुद्दा दर्ता गरिएको थियो । अघिल्लो वर्ष पनि यो सङ्ख्या एक लाखभन्दा बढी रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १.० प्रतिशत उजुरी बढेको पाइएको छ । कोरोनाभाइरस महामारीले असुरक्षित… पुरा पढौ

जापानले पूर्वपतिलाई सन्तानको पिता बनाउने कानुन परिमार्जन गर्दै 

जापान सरकारले पूर्वपतिलाई सन्तानको पिता बनाउने कानुनलाई परिमार्जन गर्ने भएको  छ ।  सरकारले १९ औं शताब्दीमा बनेको सो कानुन परिमार्जन गर्ने भएको हो ।  सो कानुनअनुसार महिलाको पूर्व पतिलाई सन्तानको जन्मदर्ता प्रमाणपत्रमा पिताको रुपमा राख्न पाइने प्रचलन थियो । दम्पतीबीच सम्बन्धविच्छेद भएको करिब ३ सय दिन भित्रमा यदि सन्तानको जन्म भएमा स्वतह महिलाको पूर्वपतिलाई सन्तानको पिताको रुपमा राख्न पाउने कानुन थियो । तर, हाल सो कानुन मान्य नहुने भन्दै सरकार पक्षले यस हप्ता सो कानुन परिमार्जन गर्न सिफारिस गरेको थियो  ।… पुरा पढौ

जापानको ५० प्रतिशत आयात चीनमा निर्भर, आपूर्ति शृङ्खलालाई बलियो बनाउन सुझाव

जापानको मन्त्रिपरिषद् कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन २०१९ मा जापानमा आयात गरिएका २० प्रतिशतभन्दा बढी वस्तुहरू चीनमा नै अत्यधिक निर्भर गरिनुपर्ने देखिएकोले जापानको आपूर्ति शृङ्खलालाई बलियो बनाउनुपर्ने आवश्यकतालाई जोड दिएको छ।मुल्य र आयातित वस्तुहरुको हिसाबले ५० प्रतिशतभन्दा बढीले जापानको निर्भरता चीनमा रहेको सरकारी रिपोर्टमा उल्लेख छ । आयातित सामग्रीमा जापान सबैभन्दा बढी सन् २०१९ मा चीनमा निर्भर रहेको समेत सो रिपोर्टले देखाएको छ । जापानले कपडा, खेलकुद सामग्री, फेस मास्क, मोबाइल र कम्प्युटरजस्ता सामग्रीहरु सबैभन्दा बढी चीनबाट आयात गर्ने… पुरा पढौ

सहरमा बस्ने मोह 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अहिले नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । दस वर्षअघि गरिएको जनगणनामा कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । दस वर्षको अवधिमा नेपालमा २६ लाख ९७ हजार ९७६ जनसङ्ख्या बढेको छ । उक्त सङ्ख्यालाई प्रतिशतमा नाप्दा १०.१८ हुन्छ । यस अवधिमा नेपालको जनसङ्ख्याको वार्षिक वृद्धिदर ०.९३ प्रतिशत भएको छ । जुन दस वर्षअघि १.३५ प्रतिशत थियो । कुल जनसङ्ख्यामा पुरुष ४८.९६ प्रतिशत र महिला ५१.०४… पुरा पढौ

गलकोट समाज जापानले फेब्रुअरि ८ तारिकमा टोकियो, नागोया र नागानोमा गर्ने वृहत रक्तदान कार्यक्रमको तयारी पुरा

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका टोकियो र नागोयामा फेब्रुअरि ८ तारिकका दिन गर्न लागेको वृहत रक्तदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गरेर समाजका क्षेत्रीय समिति कान्तो, नागोया र नागानोको स्थानीय ब्यवस्थापनमा स्थानको तय समयको निर्धारण, प्रचारप्रसार, सम्भावित रक्तदाताको सूची तयार लगायतका तयारी भैसकेको समाजका अध्यक्ष यम खत्रीले जानकारी दिए ।जापानमा कोभिड-१९ कोरोनाले गर्दा रक्तदान कार्यक्रम हरु स्थगन भएको… पुरा पढौ

पर्वतमा बन्यो नेपालकै पहिलो ‘स्काई क्याफे’ 

पर्वत, २१ माघ – सामान्यतः क्याफे भन्दासाथ बजारमा देखिरहेका क्याफेलाई नै हामी सम्झिन्छौँ । पसलमा जान्छौँ, चिया, कफी, खाजा के खाने हो खाइन्छ । जमिनमा घर निर्माण गरेर चलिरहेका ‘क्याफे’ मा त हामी सबै छिरेका नै हौँला । तर विश्वकै दोस्रो अग्लो दाबी गरिएको कालीगण्डकी नदीमाथि निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनी ‘द क्लिफ’ ले नेपालमै पहिलो पटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको छ । साहसिक खेलहरू बञ्जीजम्प, स्वीङ, स्काई चेयर, स्काई साइक्लिङ लगायतका पूर्वाधार निर्माण गरेर व्यावसायिक सफलता पाइरहेको… पुरा पढौ

तिम्रो विर्यको मुल्य कति ? 

त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य नै थियो । तर मेरो लागि फरक । दश बज्न दश मिनेट नै बाँकी थियो । म कोठाको ढोकामा चाबी लगाउँदै थिएँ । मोवाइलको घण्टी बज्यो । ब्यागबाट मोबाइल निकालेर मोबाइलको स्क्रिनमा आँखा दौडाएँ । मोबाइलमा सेभ रहेको नम्बरबाट फोन आएको रहेछ । त्यो नम्वरमा… पुरा पढौ

जापानमा जारी अर्ध आपतकाललाई थप दुईहप्तासम्म लम्बाउने तयारी

जापानमा कोरोना संक्रमणको दर दैनिक नया रेकर्ड क़ायम राख्दै तिव्र गतिमा फैलिरहेको नयाँ कोरोनाभाइरस विरुद्धको रोकथाम र नियन्त्रण जस्ता प्राथमिकताका उपायहरू अवलम्बन गर्नका लागि १३ वटा प्रान्तमा जनवरी २१ देखि फेब्रुअरी १३ सम्म लगाईएको अर्ध आपतकाललाई निरन्तरता दिदै थप दुई हप्तासम्म लम्बाउने भएको छ ।जापानका ४७ प्रान्त मध्ये ३४ वटा प्रान्तमा संक्रमणको रोकथाम र नियन्त्रणको लागि अर्ध आपतकालीन उपायहरूको अन्तर्गत राखेपनि देशमा दैनिक कोरोना संक्रमितको संख्या बिहीबार मात्र बढेर १ लाख ४ हजार ४ सय ७० पुगेको छ यो पहिलो… पुरा पढौ