जापानमा जारी अर्ध आपतकाललाई थप दुईहप्तासम्म लम्बाउने तयारी

-


     जनहित न्युज    
     माघ २१ गते २०७८


जापानमा कोरोना संक्रमणको दर दैनिक नया रेकर्ड क़ायम राख्दै तिव्र गतिमा फैलिरहेको नयाँ कोरोनाभाइरस विरुद्धको रोकथाम र नियन्त्रण जस्ता प्राथमिकताका उपायहरू अवलम्बन गर्नका लागि १३ वटा प्रान्तमा जनवरी २१ देखि फेब्रुअरी १३ सम्म लगाईएको अर्ध आपतकाललाई निरन्तरता दिदै थप दुई हप्तासम्म लम्बाउने भएको छ ।
जापानका ४७ प्रान्त मध्ये ३४ वटा प्रान्तमा संक्रमणको रोकथाम र नियन्त्रणको लागि अर्ध आपतकालीन उपायहरूको अन्तर्गत राखेपनि देशमा दैनिक कोरोना संक्रमितको संख्या बिहीबार मात्र बढेर १ लाख ४ हजार ४ सय ७० पुगेको छ यो पहिलो पटक १ लाख माथि पुगेको हो र कुल संक्रमितको संख्या जम्मा ३ मिलियन भन्दामाथि पुगिसकेको छ ।
सरकारले रेस्टुरेन्ट/ बार लगायतका व्यावसायको व्यावसायिक समय कटौती गर्ने र अर्ध-आपतकालिन प्रतिबन्धहरू विस्तार गर्ने सोच गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन । स्वास्थ्य सेवा र सामाजिक कार्यहरूमा तनाव कम गर्न टोकियो र अन्य क्षेत्रहरूमा अन्य एन्टिभाइरस उपायहरु लागु गर्दै अन्तर प्रान्तहरू बीच अनावश्यक यात्रा नगर्न अनुरोध गरिने पनि बताईएको छ ।
टोकियो सहित राजधानीको सिमाना नजिक रहेका साइतामा, चिबा र कानागावाका साथै गुन्मा, निगाता, गिफु, आइची, मिए, कागावा, नागासाकी, कुमामोटो र मियाजाकीका लागि अर्ध आपतकाललाई निरन्तरता दिने सोच भइरहेको पनि जापानी समाचार माध्यममा उल्लेख गरिएको छ। टोकियोले बिहीबार २०,६७९ नयाँ केसहरू फेला पारेका थिए ।
सरकारले बिहिबार वाकायामाको पश्चिमी प्रान्तलाई शनिबारदेखि फेब्रुअरी २७ सम्म अर्ध-आपतकालीन उपायहरू अन्तर्गत राख्ने निर्णय पनि गरेको छ ‍।
मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले नियमित पत्रकार सम्मेलनमा भने अर्ध-आपतकालिन उपायहरू “निश्चित हदसम्म प्रभावकारी छन्, किनकि त्यहाँ नयाँ कोरोनाभाइरसका घटनाहरूको संख्या घट्दै गएको पाईएको छ।”
प्रधानमन्त्री फुमियो किशिदाले ओमिक्रोन भेरियन्टका विशेषताहरूसँग अनुकूलन हुनेगरि सरकारले समीक्षा गर्न सुझाव दिएका पाएको बताऊदै यो भेरियन्ट अत्यधिक ट्रान्समिसिबल भनेर चिनिएपनि गम्भीर प्रकृतिका घटनाहरू कम निम्त्याउने देखिन्छ।
देशको पहिलो क्षेत्रहरू मध्ये एक ओकिनावा प्रान्तमा जनवरीको शुरुदेखि अर्ध-आपतकालिन अन्तर्गत राखिएको र दैनिक संक्रमितको संख्या घट्दै गएकोले प्रान्तका केही भागहरूमा सोमबारदेखि अर्ध आपतकालका उपायहरू समाप्त गर्ने योजना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?