तस्विर समाचार

फेब्रुअरी १३ तारिकदेखि नेपालबाट जापान आउदा एयरपोर्टको होटेलमा ६ दिन आइसोलेसन बस्नुपर्ने

नेपालबाट जापान आउदा अब एयरपोर्टको होटेल आइसोलेसन बस्ने अवधि ३ दिनबाट बढाएर ६ दिन बस्नु पर्ने भएको छ।जापानमा कोरोना संक्रमणको दर बढिरहेको सन्दर्भलाई ध्यानमा राखेर जापान सरकारले फेब्रुअरी १३ तारिक अर्थात् आइतबार राति १२ बजेबाट लागू हुने गरि सो नियम लागु गर्न लागेको जापान सम्बन्धी जानकार जिज्ञानकुमार थापाले सामाजिक संजालमार्फत जानकारी गराएका हुन ।थापाका अनुसार जापान सरकारको क्वारेनटिन सम्बन्धी परिवर्तन हुन लागेको नियमानुसार नेपालबाट जापान प्रवेश गर्ने यात्रुले जापान आएको ३ दिन र ६ दिनमा पिसिआर परिक्षण गरिनुपर्ने र सो… पुरा पढौ

नेकपा छाडेर एमालेमा प्रवेश गरेका नेपालीलाई गण्डकी प्रदेश कमिटिमा ज़िम्मेवारी प्रदान

लामो समय बागलुङमा वामपन्थी आन्दोलनमा क्रियाशील गलकोट नगरपालिका ११ रिघाका बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेसंगै गण्डकी प्रदेश कमिटीमा मनोनीत भएका छन ।लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गर्दै नेकपा माओवादी हुदै विप्लव नेतृत्वको नेकपामा आबद्ध रहेर नेतृत्व तहमा बसी काम गरेका नेपाली औपचारिक रुपमा एमाले प्रवेश गरेपछि उनलाई एमालेको प्रदेश कमिटीमा ज़िम्मेवार प्रदान गरिएको हो ।नेकपा एमाले, बागलुङको बुर्तिबाङमा सम्पन्न बैठकमा पार्टीका उप-महासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले स्वागत गरेर पार्टी… पुरा पढौ

टोकियोसहित १३ वटा प्रान्तमा आइतबार सकिन लागेको अर्ध-आपतकाललाई थप तीन हप्तासम्म विस्तार गरिने, अन्य प्रान्तमा फेब्रुअरी २० बाट थपिन सक्ने

जापानले कोभिड-१९ को अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टको फैलावट रोक्नको लागि टोकियोसहित १३ प्रान्तहरूमा फेब्रुअरी १३ सम्मका लागि लगाईएको अर्ध-आपतकाललाई थप तीन हप्ता विस्तार गर्ने योजना बनाएको प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन ।आइतवारदेखि मार्च ६ सम्म अर्ध-आपतकालिन अवस्थालाई विस्तार गर्न सरकारले विज्ञहरूसँग परामर्श गरेपछि बिहीबार अन्तिम रूप दिइने र यसबाहेक पश्चिमी जापानको कोची प्रान्त पनि शनिबारदेखि मार्च ६ सम्म अर्ध-आपतकालिन अन्तर्गत राखिने किशिदाले बताए । जापानमा कोची अर्ध-आपतकालिन विस्तार अन्तर्गत ३६ औं प्रान्त हुने भएको छ । राजधानी र यसका तीन… पुरा पढौ

छ महिनामा विप्रेषण आप्रवाह घट्यो ४ खर्ब ६८ अर्ब भित्रियो

चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा यस अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु चार खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई तीन अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति… पुरा पढौ

२०२१ मा जापानमा ५० लाखभन्दा बढी व्यक्तिको सूचना जानकारी चुहावट वा हराएको तथ्यांक सार्वजनिक

जापानी सन २०२१ मा सूचीबद्ध कम्पनीहरू र तिनीहरूका सहायक कम्पनीहरूको सूचना तथा जानकारी चुहावट वा हराउने घटनाहरू अघिल्लो वर्षको तुलनामा ३४ बाट बढेर १३७ पुगेको छ भने व्यक्तिगत सूचना चुहावटको संख्या ५७ लाख ४९ हजार ७ सय ७३ पुगेको एक सर्वेक्षणले देखाएको छ ।टोकियो शोको अनुसन्धान सर्वेक्षणका अनुसार सूचना तथा जानकारी चुहावट र हराएको बारेमा खुलासा गर्ने कम्पनीहरूको संख्या ३२ देखि १२० सम्म बढेको छ। घटनाहरूको संख्या र संलग्न कम्पनीहरूको संख्या दुवै २०१२ मा सर्वेक्षण पहिलो पटक लागू भएदेखि यता… पुरा पढौ

जापान सरकारले कोरोना महामारीमा प्रदान गरेको आपतकालीन सानो रकम कोष र समग्र कोष विशेष ऋणको “ऋण फिर्ता छुट” हुनसक्ने, तपाई पनि पर्नसक्नु हुनेछ हेर्नुहोस

के तपाईले कोभिड-१९ कोरोना महामारीका कारण दैनिक जीवनयापन गर्न धौ धौ परेर जापानको आफू बस्ने समाज कल्याण परिषद साकाइ फुकुसीबाट ऋण लिनु भएको छ? त्यो ऋण रकम कहिले कसरी फिर्ता गर्ने वा छुट होला कि भन्ने सोच्नु भएको छ? छ भने तपाईहरूका लागि यो खुशीको खबर पनि हुन सक्छ ।कोभिड-१९ कोरोना भाईरसको महामारीका असरका कारण व्यापार व्यावसाय बन्द वा बेरोज़गार भै दैनिक जीवनयापनमा समस्या परि आपतकालीन सानो रकम कोष र समग्र कोष विशेष ऋणको छुट हुनसक्ने बताईएको छ ।समाज कल्याण… पुरा पढौ

गलकोट समाज जापानको आयोजनामा जापानका विभिन्न शहरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका टोकियो, नागोया, नागानो र फुकुओकामा मंगलबार सम्पन्न वृहत रक्तदान कार्यक्रममा १ सय भन्दा बढिले रक्तदान गरेका छन ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम,अभियान र सहयोग गरेर जापानमा क्रियाशील संस्थाहरू माझ छुट्टै पहिचान बनाएको समाजले जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गर्दै आयोजना गरिएको सो कार्यक्रममा चार वटा क्षेत्रमा गरेर १ सय चार जनाले रक्तदान गरेको समाजका अध्यक्ष यम खत्रीले जानकारी दिए… पुरा पढौ

ताराखोला गाउपालिकाको आफ्नै पाठ्यक्रम 

विद्यालय तहको शिक्षण सिकाइलाई व्यावहारिक र स्तरीय बनाउन ताराखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ। कक्षा १ देखि ५ सम्मलाई लक्ष्य गरी बनाइएको पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा लागू हुनेछ । पाठ्यक्रमअनुसार पाठ्यपुस्तक निर्माणको काम अगाडि बढेको गाउँपालिकाका शिक्षा अधिकृत सविताकुमारी केसीले जानकारी दिइन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम निर्माणको अधिकार गाउँ र नगरपालिकालाई दिएको छ । अधिकृत केसीले स्थानीय कला, संस्कृति, सामाजिक मूल्य, मान्यता र विषयगत ज्ञानयुक्त शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार… पुरा पढौ

कान्तो कोशिनको क्षेत्रमा आगामी बिहिबार वर्षा र हिमपात हुने, टोकियोका २३ वडामा पनि हिउँ जम्ने खतरा रहेकोले ट्राफ़िक समस्या हुनसक्ने

आगामी बिहिबार अर्थात् फ़ेब्रुअरी १० तारिकका दिन मौषममा न्यून चापीय प्रणाली विकसित हुदै जादा कान्तोका दक्षिण समतल क्षेत्र टोकियो २३ वडा लगायतमा वर्षाका साथै भारी हिमपात र कम तापक्रमको जोखिम रहेको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ ।मौसम विज्ञान एजेन्सीका अनुसार १० तारिकमा तोकाइदोको तटबाट आउने चक्रवात होन्सुको दक्षिणी तटबाट विकसित भई कान्तो क्षेत्र नजिक भएर पूर्वतिर सर्ने अनुमान गरिएकोले सोको असरबाट वर्षाका साथमा बाक्लो हिमपात पर्नसक्ने जोखिम रहेको बताईएको छ । आकाशमा रहेको न्यून चापीय प्रणाली र चिसो हावाको… पुरा पढौ

चेपाङ जातिको संरक्षण, उत्थान र सहयोगमा योगदान पुर्याएका जापानमा कार्यरत दिपक बाबु नेपालसहितलाई सम्मान

नेपालमा लोपोन्मुख चेपाङ जातिको संरक्षण, उत्थान र सहयोगमा योगदान पुर्याएका जापानलाई कर्म थलो बनाएर कार्यरत चितवनका दिपकबाबु नेपाल सहित विभिन्न व्यक्ति व्यक्तित्वहरूलाई गाँमवेशी चेपाङ संरक्षण केन्द्रले सम्मान गरेको छ ।  जापानमा रहेर सो जातीको संरक्षण र शिक्षा क्षेत्रमा सहयोग पुर्याउनका लागि विभिन्न अभियान संचालन गरि विद्यालय भवन निर्माण,चेपाङ संरक्षण केन्द्रमा भवन निर्माण, विपन्न परिवारका बालबालिकालाई अध्ययनका लागि आर्थिक सहयोग स्वास्थ्य सुधारमा आवश्यक पुर्याउदै आएका नेपालसहित केन्द्रले हेल्प संस्थाका कार्यकारी निर्देशक मिलन ढकाल, जापानमा बसोबास गर्दै आएका रत्ननगर डुम्री चोकका दिपकबाबु… पुरा पढौ