नेकपा छाडेर एमालेमा प्रवेश गरेका नेपालीलाई गण्डकी प्रदेश कमिटिमा ज़िम्मेवारी प्रदान

-


     जनहित न्युज    
     माघ २७ गते २०७८


लामो समय बागलुङमा वामपन्थी आन्दोलनमा क्रियाशील गलकोट नगरपालिका ११ रिघाका बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेसंगै गण्डकी प्रदेश कमिटीमा मनोनीत भएका छन ।
लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गर्दै नेकपा माओवादी हुदै विप्लव नेतृत्वको नेकपामा आबद्ध रहेर नेतृत्व तहमा बसी काम गरेका नेपाली औपचारिक रुपमा एमाले प्रवेश गरेपछि उनलाई एमालेको प्रदेश कमिटीमा ज़िम्मेवार प्रदान गरिएको हो ।
नेकपा एमाले, बागलुङको बुर्तिबाङमा सम्पन्न बैठकमा पार्टीका उप-महासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले स्वागत गरेर पार्टी प्रवेश गरेका नेपालीले कम्युनिष्टका नाममा साना साना झुपडीको आवश्यकता नरहेको बताउदै अव एउटै कम्युनिष्ट पार्टीले मात्र जनताको समस्या समाधान गर्ने विश्वास साथ एमालेबाट नेपाली जनताको सेवा गर्न राजनीति गर्ने बताए ।
साविकको रिघा गाबिस अध्यक्ष, जनमोर्चा केन्द्रिय सदस्य ,माओवादी केन्द्रको केन्द्रीय सदस्य साथै मगरात सेक्रेटरी लगायत र बाग्लुङ जिल्लाको पुरानो वामपन्थी नेता, मध्य पहाडी सडक संचालनमा योगदान प्रदान गरेदेखि विभिन्न विकास निर्माणसँग जोड़िएर जिल्लामा आफूले राम्रै योगदान गरेको बताउने नेपालीले जनताको अपेक्षित अनुरूपको आन्दोलनमा सहभागी हुनको लागि आफूले र यथास्थितिमा रहि रहदा आन्दोलनलाई धोका हुने ठानेर एमालेमा समाहित भएको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?