
नेपालबाट जापान आउदा अब एयरपोर्टको होटेल आइसोलेसन बस्ने अवधि ३ दिनबाट बढाएर ६ दिन बस्नु पर्ने भएको छ।
जापानमा कोरोना संक्रमणको दर बढिरहेको सन्दर्भलाई ध्यानमा राखेर जापान सरकारले फेब्रुअरी १३ तारिक अर्थात् आइतबार राति १२ बजेबाट लागू हुने गरि सो नियम लागु गर्न लागेको जापान सम्बन्धी जानकार जिज्ञानकुमार थापाले सामाजिक संजालमार्फत जानकारी गराएका हुन ।
थापाका अनुसार जापान सरकारको क्वारेनटिन सम्बन्धी परिवर्तन हुन लागेको नियमानुसार नेपालबाट जापान प्रवेश गर्ने यात्रुले जापान आएको ३ दिन र ६ दिनमा पिसिआर परिक्षण गरिनुपर्ने र सो रिपोर्ट नेगिटिभ आएमा आफ़्नो आवासमा जान पाउने छन । आवास गएर भने मात्र १ दिन होम आइसोलेसन बसे पुग्नेछ। तर दिनको गणना हुदा आएको दिनको गणना भने नहुने भएको छ ।
जापानको राजधानी टोकियोमा प्रत्येक ८०० जनामा १ जना कोरोना संक्रमित देखिएको तथ्य सार्वजनिक भएपछि सरकारले आगन्तुकहरूको क्वारेनटीनमा थप कडाइ गर्न थालेको छ । देशभरिमा फेब्रुअरी ९ तारिकको तथ्यांक हेर्दा औसत रूपमा दैनिक १७ हजार ६ सय ८६ जना कोरोना संक्रमित भएको देखिएको छ ।
फेब्रुअरी ९ तारिकसम्ममा कोरोनाभाइरसको लागि सकारात्मक निदान गरिएको र हेरचाह प्राप्त गर्नेहरूको कुल संख्या गत हप्ताको तुलनामा ३० हजारबाट बढेर १ लाख ६९ हजार ६ सय ९७ जना पुगेको छ। प्रत्येक ८० जना टोकियोबासीमा एक जनाले अस्पतालमा वा आवासमा वा घरमा उपचार पाइरहेको एक विज्ञको दाबी छ । टोकियोमा मात्र बिहिबार १८ हजार २ सय ८७ नया संक्रमित भेंटिएका थिए । भने देशव्यापी रूपमा ९९ हजार ६ सय ९४ जना नया संक्रमित हुदा १६४ जनाको कोभिड-१९ का कारण मृत्यु भएको थियो ।



