वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा, यस्तो छ पौराणिक महत्त्व 

-


     जनहित न्युज    
     माघ २३ गते २०७८


वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीको पूजाआराधना गरिन्छ । विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय, मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् ।

मूर्तिमा, प्रतिमा या उनका चित्र अङ्कित फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् ।

विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ । भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ । नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् ।

उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन् । सबैभन्दा उत्तम धन भनेको विद्या नै हो जसका धेरै प्रकार छन् । जसमध्ये चार वेद, चार उपवेद, सयौँ वेदाङ्गहरू, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष, मीमांसा, न्याय, धर्मशास्त्र, अठार पुराण, अठार उपपुराण, पञ्चमवेद, महाभारत, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद, स्थापत्यवेद (वास्तुशास्त्र) र अर्थशास्त्र प्रमुख छन् ।

विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ । भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ । नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् ।

कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी वा वसन्तपञ्चमीलाई मानिन्छ । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थहरूमा पनि अलग-अलग ढङ्गले यसको चित्रण पाइन्छ ।

यसका साथै यो पर्वले हामीलाई अतीतका अनेक प्रेरक घटनाहरूको स्मरण गराउँछ । सर्वप्रथम त यसले त्रेता युगमा रावणद्वारा सीता हरणपछि श्रीराम उनको खोजीमा दक्षिणतर्फ बढेका थिए । यसमा जुन स्थानहरूमा उनी गए, तिनमा दण्डकरण्य पनि थियो । यही शवरी नामक तपस्विनी रहन्थिन् । जब राम उनको कुटीमा पुगे, उनले सुध-बुध हराई र चाखेर मीठा बयर फल रामलाई खुवाउन लागिन् ।

प्रेममा जुठा बयरहरू खुवाइएको यस घटनालाई रामकथाका सबै गायकहरूले आ-आफ्नो ढंगमा प्रस्तुत गरेका छन् । दण्डकरण्यको त्यो क्षेत्र अचेल गुजरात र मध्य प्रदेशमा फैलिएकोछ । गुजरातको डांग जिल्लामा त्यो स्थान छ जहाँ शबरी माताको आश्रम थियो ।

वसन्त पञ्चमीको दिन नैं राम त्यहाँ पुगेका थिए । त्यस क्षेत्रका वनवासी आज पनि एक शिलालाई पूज्दछन्, जसको बारेमा उनीहरूको विश्वास छ कि श्रीराम आएर त्यहीं बसेका थिए । त्यहाँ शबरी माताको मन्दिर पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?