अर्घाखाँची समाज जापानले  पाठेघरको क्यान्सरबाट पिडित बिमलालाई २ लाख बढि सहयोग रकम हस्तान्तरण

-


     जनहित न्युज    
     माघ २० गते २०७८


अर्घाखाँची समाज जापानले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ३ फ्रसवा निवासी पाठेघरको क्यान्सर रोगबाट पिडित २९ वर्षीय विमला गौतमको औषधी उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
समाजका कोषाध्यक्ष टोप बहादुर घर्तीमगरको संयोजकत्व र दिल प्रसाद श्रेष्ठको सह-संयोजकत्वमा संचालित अभियानबाट संकलित २ लाख ४ हजार ५५ येन रकम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिव विनोद गैर मार्फत विमला गौतमलाई घर मै पुगेर हस्तान्तरण गरिएको हो ।

समाजले आफ्नो स्थापानाकाल देखि नै जिल्लामा समस्या परेकाहरूलाई विभिन्न अभियानको संचालन गरि सहयोग गर्दै आइरहेको सन्दर्भमा आर्थिक अबस्था नाज़ुक रहि पाठेघरको क्यान्सर रोगबाट पिडित गौतमलाई सहयोग अभियान संचालन गरि सो रकम उपचारमा सहयोग पुर्याउने उदेश्यले हस्तान्तरण गरिएको अध्यक्ष दिपक थापाले जानकारी दिए । गौतम विगत केहि समय देखि पाठेघरको क्यान्सर रोगवाट पिडित भै उपचारारत रहेको र निजको घरायसी अवस्था अत्यान्तै नाजुक रहेको छ ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष देव बहादुर के.सी.ले गौतमको उपचारको लागि वडावाट हुने हरेक सहयोग गर्न तत्पर रहेको र परदेशमा रहेका सहयोगी मनहरूले आर्थिक सहयोग संकलन गरि दुखी पिडित र निम्न आयस्तर भएकाको लागि मलमपट्टी बनेकोमा खुशी व्यक्त गरे ।
रकम हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघका सचिव गैरेले जापानवाट आफ्नो खाने गास काटेर गौतमको उपचारको लागि रकम संकलन गर्न अग्रसर हुने र आर्थिक सहायता गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिदै विमला गौतमको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । कार्यक्रमका ग्लोवल आई.एम.ई. बैक अर्घाखाँचीका शाखा प्रमुख प्रल्हाद न्यौपाने, मुमाराम गैरे समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?