ब्रान्डेड समान खरिदका लागि जापानको रेसिडेन्सी कार्ड बेच्नेलाई जापान प्रहरीद्वारा पक्राउ

-


     जनहित न्युज    
     माघ ८ गते २०७८


टोकियो प्रहरीले जापानको नेशनल डिफेन्स एकेडेमीमा अध्ययनरत भियतनामी सेनाका एक सदस्यलाई आफ्नो रेसिडेन्सी कार्ड बेचेको आशंकामा पक्राउ गरेको छ ।
२३ वर्षीय आर्मी क्याडेट डो तुआन न्गियाले गत फेब्रुअरीमा २२ वर्षीय भियतनामी व्यक्तिलाई कार्ड बेचेर अध्यागमन नियन्त्रण कानून उल्लङ्घन गरेको आशंकामा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ती दुईबीच सामाजिक सञ्जालबाट चिनजान भएको र संदिग्ध व्यक्तिले रेसिडेन्सी कार्डका लागि २,००,००० येन वा करिब १७०० डलर प्रस्ताव गरेको अनुसन्धानका क्रममा बताएका छन्।
आरोपित न्गियाले अनुसन्धानमा खटिएका अधिकृतलाई ब्रान्डेड समान खरिदका लागि पैसाको आवश्यकता परेर रेसिडेन्सी कार्ड बेचेको बताएको प्रहरीले जनाएको छ।प्रहरीले उक्त कार्ड तीनवटा मोबाइल फोनको प्रयोग गर्नको लागि बेचेको पुष्टि गरेको छ । उक्त कार्ड ठगी समूहले प्रयोग गरेको हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?