
पूर्वी जापानमा एक नक्कली डाक्टरले चर्को शुल्क करिब २४ मिलियन येन (लगभग २१,००० डलर) लिएर बिरामीहरूलाई ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ।
महानगरीय प्रहरी विभागको जीवन तथा वातावरण महाशाखाले जनवरी १७ मा योकोहामामा बस्ने ग्रोसरी बिक्री कम्पनीका कार्यकारी ५१ वर्षीय तोशिनोरी तानाकाले बिरामीहरूको गलत निदान गरि चिकित्सा व्यवसायी ऐनको उल्लङ्घन गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरिएको बताईएको छ ।
चिकित्सकको लाइसेन्स नभएका तानाकाले २०१९ को में देखि हालसम्म १० जनाभन्दा बढी व्यक्तिसँग करिब ४ करोड येन (लगभग ३५०,००० डलर) ठगी गरेको देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आरोपित तानाकाले ४० वर्षीय उमेरका विवाहित दम्पतीलाई झुठो उपचारको रूपमा निदान गर्दै इन्जेक्सन जस्ता नक्कली चिकित्सा अभ्यास गरेर जुलाई २०१९ मा लगभग २.४ मिलियन “उपचार शुल्क” को रूपमा ठगी गरेको आरोप लगाइएको छ । सो आरोप उनले स्वीकार गरेको प्रहरीको भनाइ छ । नक्कली डाक्टरको बनेर उपचार गरेका तानाकाले सिफ़रिस गरेको औषधिको सेवनबाट ती दम्पतीलाई वाकवाकी र पखाला लाग्ने जस्ता खराब स्वास्थ्य अवस्था सृजाना भएको गुनासो गरे । तानाकाले “मैले काल्पनिक निदान सिर्जना गरेको छु” भनी उद्धृत प्रिक्रिप्सनमा मात्र सलाइन लगाइएको ती दम्पतीले बताएको प्रहरीले उल्लेख गरेको छ ।
तानाकालाई पहिलो पटक २०२१ को नोभेम्बर र डिसेम्बर बीचमा डाक्टरको लाइसेन्स बिना प्राथमिक विद्यालयकी छात्रा सहित चार जनालाई इन्जेक्सन दिने जस्ता मेडिकल कार्यहरू गरेको आरोपमा मेडिकल प्र्याक्टिसनर्स ऐन उल्लङ्घन गरेको आरोपमा समेत पक्राउ गरिएको थियो।



