
@SmïÆÌICÓ©ð·ïÉoȵ½ÝcñBæÊ¶Í½äL¡ï·PPúßãAñ¯@
सरकारले कोभिड-१९ को पोज़ेटिभ देखिएका व्यक्तिहरूको नजिकको सम्पर्कमा रहेको पहिचान भएकाहरूका लागि हालको १४ दिनको आइसोलेसन अवधि घटाउने र अस्पताल भर्ना गराइ आराम गर्ने तथा क्वारेनटीनका नियमहरू पलाना गराउने विचार गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन ।
ओमिक्रोन भेरियन्टको संक्रमण द्रुत रूपमा फैलिरहेको र चिकित्साकर्मीहरूले काम गर्न समेत असहजता आएको, उनीहरू नजिकको सम्पर्कमा रहेकाले सामाजिक अवस्थालाई समेत असर गरिरहेको बेला यस्तो कदम चाल्न लागिएको बताईएको छ ।
प्रधानमन्त्री फुमियो किशिदाले सरकारले कोभिड-१९ का बिरामीहरूको लागि अस्पतालमा भर्ना मापदण्डहरू परिमार्जन गर्नका लागि सुझाव दिएअनुसार उक्त कदमहरू अवलम्बन गर्न लागिएको हो ।
ओमिक्रोन भेरियन्ट अत्यधिक संक्रामक भएकोले यसले गम्भीर लक्षणहरू ल्याउने र आगामी गर्मी मौसमसम्मको अवधि नभइ छोटो हुने सम्भावना छ भन्ने विश्वास गरिएकोले सोही अनुरूपका कार्यहरू अपनाउन लागिएको प्रधानमन्त्री किशिदाले बताए ।
बुधबार किशिदाले प्रधानमन्त्रीको कार्यालयमा सत्तारुढ गठबन्धनमा रहेको जुनियर पार्टी कोमेंइतोका महासचिव केइची इशीसँगको भेटमा कोरोना भाइरसका बिरामीको नजिकको सम्पर्कमा आएकाहरूका लागि क्वारेन्टाइन नियम र अस्पताल भर्ना मापदण्डलाई परिमार्जन गर्ने प्रस्ताव गरेसंगै प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिँदै भने, “हामीले नयाँ संस्करणको विशेषताहरू प्रतिबिम्बित गर्ने उपायहरू लिन आवश्यक छ”।
यस महिनाको सुरुमा,सरकारले ओमिक्रोन भेरियन्टबाट संक्रमित सबै मानिसहरूलाई अस्पतालमा भर्ना गर्ने नीति फिर्ता लिइ तिनीहरूमध्ये केहीलाई घर वा निजले चाहेको स्थानमा बसी स्वास्थ्यलाभ लिने अनुमति प्रदान गरेको छ ।
केही बिरामीहरूलाई अझै पनि १४ दिन वा त्योभन्दा लामो समयसम्म अस्पतालमा बस्न आवश्यक रहेपनि ओमिक्रोन भेरियन्ट संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसलाई भने १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्न अनुरोध गरिएको छ।
अस्पतालमा बेडहरू उपलब्ध भए पनि ओकिनावा प्रिफेक्चरले चिकित्सा कर्मचारीहरूको अभावको सामना गर्नुपरिरहेको छ । ओकिनावामा संक्रमण वा नजिकको सम्पर्कको कारण बिदा लिनु पर्ने चिकित्साकर्मीहरूको संख्या बुधबार ६२८ पुगेको छ।
जापान मेडिकल एसोसिएसन तथा मन्त्रालय प्यानलका सदस्य सतोशी कामयाची बुधबार पत्रकारहरूसंगको कुराकानीमा संक्रमित व्यक्तिहरूको लागि १० दिनमा अस्पताल भर्ना र उपचार अवधि तोक्ने एक विकल्प रहेकोले त्यसैअनुसार गर्न विचार गरिने बताए ।
मन्त्रालयले अगस्टमा आफ्नो सूचनालाई पुन: पुष्टि गर्दै संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा आएका चिकित्साकर्मीहरूले खोप लगाउने र भाइरसको परीक्षण गर्दा नेगेटिभ परीक्षण देखिएमा १४ दिन नकुरी कोरोनाभाइरस संक्रमित बिरामीहरूको उपचार गर्न सक्ने उल्लेख गरेको छ ।
स्वास्थ्य मन्त्रालयले जापानमा कुल १६०७३ अस्पतालहरू कोभिड-१९ का बिरामीहरूको घरमा वा लजिंग सुविधामा संक्रमणका घटनाहरू बढेको अवस्थामा उपचार गर्न तयार रहेको बताएको छ । यो संख्या नोभेम्बरको अन्त्यसम्ममा रहेको लगभग १२,००० भन्दा ३० प्रतिशत बढी हो।



