सल्लाहकार, मानार्थ सदस्य, विभागीय टिम, विज्ञ समूह मनोनीत गर्दै एनआरएनए जापानले भन्यो- एनआरएनए सबैको साझा संस्था बनाउन चाहन्छौ

-


     जनहित न्युज    
     वैशाख ६ गते २०७९


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचन भएको करिब १० महिना पछि सल्लाहकार, मानार्थ सदस्य विज्ञ समिति सदस्य विभिन्न विभाग तथा विशेष समिति गठन गरेको छ ।
राष्ट्रिय समन्वय परिषद जापानको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले जापानमा रहेका नेपाली समुदायका विभिन्न व्यक्ति व्यक्तित्वहरू सम्मिलित ६५ जनालाई सल्लाहकारमा र ६३ जनालाई मानार्थ सदस्यमा मनोनित गरिएको अध्यक्ष शिवप्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।
मार्चको ९ तारिक बसेको बैठकका निर्णयहरू विज्ञप्ति मार्फत सार्वजनिक गर्दै १९ वटा विभिन्न विभाग र ३ वटा विशेष समिति गठन गरि सो विभाग र समितिको संयोजक र सदस्यहरूसमेत तोकिएको छ । साथै बैठकले १८ सदस्यीय प्रेस सल्लाहकार समिति समेत गठन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
७ वटा छुट्टछुट्टै क्षेत्रमा बिज्ञता राख्ने व्यक्तिहरू सम्मिलित विज्ञ समूहको गठन गरि सो को ज़िम्मेवार व्यक्तिहरू समेत बैठकले मनोनीत गरेको अध्यक्ष पौडेलले जानकारी गराए ।
अध्यक्ष पौडेलका अनुसार एनआरएनए जापानको २०२१-२०२३ कार्यकालको कार्यसमितिले गर्ने कार्य सम्पादनलाई प्रभावकारी बनाई उत्कृष्ट एनआरएनएको रूपमा स्थापित गराउन,व्यवस्थित र चुस्त कार्य प्रणालीको विकास गर्न र एनआरएनए जापानलाई साझा संस्थाको रूपमा विकास गराउनका लागि विगतदेखि महत्वपूर्ण योगदान गरेका व्यक्ति व्यक्तित्वलाई समेटेर सल्लाहकार, मानार्थ सदस्य विज्ञ समिति विभागीय समिति र प्रेस सल्लाहकार समिति बनाईएको बताए ।
बैठकका निर्णयहरू जस्ताको तस्तै

अप्रिल-महिना-बैठक-निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?