
एनआरएनए जापान र १२ वटा क्षेत्रीय समितिहरूको संयुक्त आयोजनामा जापानको प्रमुख शहरहरू र नेपालको काठमाण्डौ एनआरएनए केन्द्रिय कार्यालयमा एकै समय एउटै ब्यानरमा सम्पन्न रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले रक्तदान गरेका छन।
आइतबार सम्पन्न सो रक्तदान कार्यक्रममार्फत नेपाल र जापान दुई देशको सम्बन्धलाई प्रगाड गराउने उदेश्यका साथ आयोजना गरिएको एनआरएनए जापानकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगीता अधिकारी सुबेदीले जानकारी दिइन ।
जापानमा कोभिड-१९ कोरोनाले गर्दा रक्तदान कार्यक्रमहरु स्थगन भएको र रगत व्यवस्थापनमा रगत संकलनको मात्रामा कमि देखिएको र रगतको🩸व्यवस्थापनमा सहयोग गर्न इच्छुक रक्तदाताहरुलाई अनुरोध गर्दै बिभिन्न सामाजिक संजालमा तस्बिर सार्वजनिक भैरहेका कुरालाई मध्यनजर गर्दै एनआरएनएले गरेको रक्तदान कार्यक्रम-२०२२ मा उत्साहजनक सहभागिता देखिएबाट आगामी दिनमा यस्ता कार्यक्रम गर्न उत्साहित बनाएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन न्युरेले बताए ।
कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने कार्यसमितिका सदस्य, सल्लाहकार, संरक्षक, क्षेत्रीय समिति,पत्रकार स्थान उपलब्ध गराउने सरोकारवाला निकाय, रक्तदान गर्ने सहभागी सबैलाई संस्थाको तर्फबाट उपाध्यक्ष सुवेदीले आभारसहित धन्यवाद व्यक्त गरिन ।
कसैको ज्यान बचाउन डाक्टर नै बन्नु पर्छ भन्ने छैन वास्तवमै रक्तदाताहरु भगवानका अर्को रुप हुन भन्ने कुरालाई आत्मसात गरेर रक्तदान कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै सहभागीले हामीले दान गर्नु भएको १ युनिट रगतले ३ जनाको ज्यान बच्न सकोस भन्ने शुभेक्क्षा व्यक्त गरे ।



