तस्विर समाचार

मेरो भ्रमणले जापान र नेपालको आर्थिक सहयोग विस्तार गर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा अध्ययनका क्रममा रहेका विद्यार्थी र व्यवसायमा भएकाहरुको समस्याबारे जापान भ्रमणको क्रममा अध्ययन गर्ने बताएका छन्।  शनिबार बिहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भ्रमणबाट नेपाल–जापान सम्बन्ध अघि बढाउन सहयोग पुग्ने बताए।  ‘स्वभावैले एउटा सकारात्मक माहोल बन्छ,’ उनले भने, ‘दुई देशको सम्बन्धलाई विकसित गर्न र दुई देशबीचको आर्थिक सहयोग र अन्य क्षेत्रलाई पनि विस्तार गर्न सहयोग गर्छ।’ ‘यहाँ पढ्ने वा व्यवसायमा भएकाहरुकाहरुलाई नेपालको तर्फबाट के गर्नुपर्छ भन्ने अध्ययन गर्नेछु,’ प्रचण्डले… पुरा पढौ

प्रचण्ड जापान आए लगत्तै नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्न प्रस्थान, के के छ त ५ दिने कार्यक्रम तालिकासहित

पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका प्रमुख मध्य एक नेता पुष्पकमल दाहालको ५ दिने जापान भ्रमणको क्रममा आज जापान आएसंगै नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्नको लागि त्यस तर्फ प्रस्थान गरेका छन ।नारिता अन्तराष्ट्रिय विमानस्थलमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीसहित नेपाली जनप्रगतिशील मंच र नेपाली समुदायका व्यक्तित्वद्वारा स्वागतले स्वागत गरि पूर्व निर्धारित कार्यक्रम अनुसार सो फ़ेस्टिवलको उद्घाटन गर्न नारिता अन्तराष्ट्रिय विमानस्थलबाट सिधा त्यस तर्फ प्रस्थान गरेका हुन ।नारिता अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित नेपालीसँग सामान्य अन्तरक्रिया गर्दै जापानमा नेपालीहरूको उपस्थिति र उनीहरूको… पुरा पढौ

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ५ दिने भ्रमणका लागि जापान आइपुगे

पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका प्रमुख नेता मध्यका एक पुष्पकमल दाहाल’प्रचण्ड’ ५ दिने भ्रमणका लागि जापान आइपुगेका छन ।साउन २१ देखि २५ गते अर्थात् अगस्ट ६ देखि १० तारिख सम्मको जापान भ्रमणका लागि पूर्व प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान जापानको नारिता अन्तराष्ट्रिय विमान स्थलमा भ्रमण दलका चार सदस्यीयसहित आइपुगेका हुन । नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डसहितको भ्रमण टोलीलाई मंचका अध्यक्ष भवानी पन्त, जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीसहितका नेपालीहरूले विमानस्थलमा भव्य स्वागत गरेका थिए । विमानस्थलमा… पुरा पढौ

५ दिने भ्रमणको लागि प्रचण्ड जापानमा, नेपाल-जापान सम्बन्धलाई थप मजबुत बन्नेमा बिश्वास व्यक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जापान प्रस्थान गरेका छन्। नेपाल एयरलायन्सको विमानबाट उनी पाँच दिने भ्रमणका लागि शुक्रबार राति जापान प्रस्थान गरेका हुन्। नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा उनी जापानमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ। प्रचण्ड शनिबार जापानको फुकुओकामा आयोजना हुने 'नेपाल फेस्टिभल फुकुओका-२०२२'को उद्घाटन गर्ने कार्यक्रम छ। आइतबार हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। हिरोसिमा घटना भएको भोलि ७५ वर्ष पुग्दैछ। प्रचण्डले आइतबार नै टोक्योमा हुने नेपाली जनप्रगतिशिल मञ्चको नेपाली… पुरा पढौ

उच्च सीपयुक्त श्रमिक प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति 

नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलत संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए ।  बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलपछि यसअघिको समझदारीमा देखिएका नीतिगत र व्यावहारिक कमजोरी हटाई छिटो नेपाली श्रमिक जापान पठाउने सहमति भएको… पुरा पढौ

अष्ट्रेलियामा हस्तमैथुन गर्दैगर्दा एक नेपाली पक्राउ, यौन अपराधी घोषित भए देश फिर्ता हुने

सन् २०१५ मा अष्ट्रेलिया पुगेका एक नेपाली पुरुष ‘यौन अपराधी’ घोषित भएर घर फर्काइने स्थितिमा पुगेका छन् । २६ वर्षीय ती नेपाली युवक २०२१ मा होबार्टमा पक्राउ पर्दा खाद्यान्न डेलिभरी चालकको रूपमा कार्यरत थिए । होबार्ट मजिस्ट्रेटको अदालतका अनुसार घ*टना घटेको दिनमा ती नेपाली बिहानको डिलिवरी सकाएर र रोजनी पार्कतिर गएका थिए । त्यहाँ पुगेपछि वरपर कोही नभएको लागेर उनी कारभित्र ह*स्तमै*थुन गर्न लागे । काउन्सिलका श्रमिक उनलाई त्यहाँ कार रोक्न पाइँदैन भन्न कार नजिक पुग्दा भित्रको ह*र्कत देखे ।… पुरा पढौ

चीनद्वारा ताइवान नजिकै ब्यालेस्टिक मिसाइल प्रहार, मिसाइलको ट्र्याक गर्न अमेरिकी जहाज जापानबाट उड्यो

चीनले ताइवानको क्षेत्र नजिकै अहिलेसम्मकै ठूलो सैनिक अभ्यास थालेको छ । आज बिहीवार बिहानैदेखि चीनका जल सेना, स्थल सेना र हवाई सेनाले अत्याधुनिक हातहतियार र उपकरणसहितको अभ्यास थालेका चीनको सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । चीनले ताइवानको उत्तर–पूर्वी तटमा दु२ वटा शक्तिशाली मिसाइल पनि प्रक्षेपण गरेको छ । अरू कैयौँ मिसाइल पनि चीनको सेनाले प्रहार गरेको छ । चिनियाँ जनमुक्ति सेनाले बनाएका डोङफेङ नामक दर्जनौँ मिसाइल ताइवानको भूमि नजिकै लक्षित गरेर प्रहार भएका समाचार संस्था रोयटर्सले जनाएको छ । चीनले अहिले… पुरा पढौ

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते एकै चरणमा हुने घोषणा

नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते आइतबार एकैचरणमा गर्ने निर्णय गरेको छ ।  बिहीबार दिउँसो १ बजे बसेको  मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले दिनुभयो । यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४  गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो ।  प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग यसअघि नै परामर्श गरिसकेका थिए। उनले गत… पुरा पढौ

नेपाल फेस्टिवल फुकुओका- २०२२ को उद्घाटन पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने

नेपालको कला संस्कृतिलाई जापानी समुदायमा परिचित गराउने उद्देश्यले अगस्ट ६ तारिक हुने नेपाल फेस्टिवल फुकुओका- २०२२ को उद्घाटन पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका प्रमुख नेता पुष्पकमल दाहाल’ प्रचण्ड’ ले गर्ने भएका छन । जापानको फुकुओका शहरको तेन्जिङ च्यूओ पार्कमा हुन लागेको लागेको एक दिने फेस्टिवलको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।फेस्टिवललाई भव्य र उदेश्यमूलक बनाउनका लागि आवश्यक सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको र नेपाली कला संस्कृति, भेषभूषा र रितिरिवाजलाई जापानी नागरिकमा पुर्याउन र कला… पुरा पढौ

जापानको निगाता र यामागाता क्षेत्रमा हालसम्म कै भारी वर्षाका कारण आपतकालीन चेतावनी जारी

जापानको निगाता प्रिफेक्चरमा भारी वर्षाको कारण सुरक्षित अवस्था अपनाउनका लागि त्यस क्षेत्रमा विशेष चेतावनी घोषणा गरिएको छ ।हालसम्म कै भारी वर्षा प्रतिघण्टा १०० मिलिमिटरभन्दा बढीको मुसलधारे वर्षाले बाढी, पहिरो र खोलाको बाढीका कारण गम्भीर विपद्को उच्च जोखिम रहेको छ । यो कहिल्यै अनुभव नभएको भारी वर्षा हो। अर्कोतर्फ, यामागाता प्रिफेक्चरको मोगामी नदीमा बाढी आएको छ, र दक्षिणी तोहोकु र होकुरिकु क्षेत्रका अन्य भागहरूमा रेकर्ड-ब्रेक भारी वर्षा भइरहेकोले, कडा सतर्कता आवश्यक रहेको बताईएको छ ।जापानको मौसम विज्ञान एजेन्सीका अनुसार तोहोकु र… पुरा पढौ