तस्विर समाचार

नेपाल फेस्टिवल फुकुओका- २०२२ को उद्घाटन पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने

नेपालको कला संस्कृतिलाई जापानी समुदायमा परिचित गराउने उद्देश्यले अगस्ट ६ तारिक हुने नेपाल फेस्टिवल फुकुओका- २०२२ को उद्घाटन पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका प्रमुख नेता पुष्पकमल दाहाल’ प्रचण्ड’ ले गर्ने भएका छन । जापानको फुकुओका शहरको तेन्जिङ च्यूओ पार्कमा हुन लागेको लागेको एक दिने फेस्टिवलको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।फेस्टिवललाई भव्य र उदेश्यमूलक बनाउनका लागि आवश्यक सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको र नेपाली कला संस्कृति, भेषभूषा र रितिरिवाजलाई जापानी नागरिकमा पुर्याउन र कला… पुरा पढौ

जापानको निगाता र यामागाता क्षेत्रमा हालसम्म कै भारी वर्षाका कारण आपतकालीन चेतावनी जारी

जापानको निगाता प्रिफेक्चरमा भारी वर्षाको कारण सुरक्षित अवस्था अपनाउनका लागि त्यस क्षेत्रमा विशेष चेतावनी घोषणा गरिएको छ ।हालसम्म कै भारी वर्षा प्रतिघण्टा १०० मिलिमिटरभन्दा बढीको मुसलधारे वर्षाले बाढी, पहिरो र खोलाको बाढीका कारण गम्भीर विपद्को उच्च जोखिम रहेको छ । यो कहिल्यै अनुभव नभएको भारी वर्षा हो। अर्कोतर्फ, यामागाता प्रिफेक्चरको मोगामी नदीमा बाढी आएको छ, र दक्षिणी तोहोकु र होकुरिकु क्षेत्रका अन्य भागहरूमा रेकर्ड-ब्रेक भारी वर्षा भइरहेकोले, कडा सतर्कता आवश्यक रहेको बताईएको छ ।जापानको मौसम विज्ञान एजेन्सीका अनुसार तोहोकु र… पुरा पढौ

जापानले विदेशी विद्यार्थीको संख्यालाई ५ वर्षभित्र महामारी पूर्वको स्तरमा पुर्‍याउने लक्ष्य

जापानको शिक्षा मन्त्रालयले देशमा विदेशी विद्यार्थीहरूको संख्या र विदेशमा अध्ययन गर्ने जापानी विद्यार्थीहरूको संख्यालाई २०२७ सम्ममा क्रमशः ३ लाख र १ लाखसम्म राखी महामारी अघिको स्तरमा पुर्‍याउने लक्ष्य राखेको छ।महामारीले विदेशी विद्यार्थी आगमन र उच्च शिक्षा लिन जापानी विद्यार्थी बाहिर जान गम्भीर समस्या पुर्याएपछि यात्रा प्रतिबन्धले विदेशी विद्यार्थीलाई आकर्षित गर्न उत्सुक कर्पोरेट क्षेत्रलाई चिन्ताजनक बनायो।जापानले सन २०१९ मा ३ लाख १० हजारभन्दा बढी विदेशी विद्यार्थीहरू स्वीकार गरेको थियो यो संख्या हालसम्मको रेकर्ड उच्च हो। यो संख्या कोरोनाभाइरस महामारीका कारण पछिल्ला… पुरा पढौ

सुनसान छन् बागलुङका घरबास

बर्खालागेपछि बागलुङका घरबासहरु पाहुनाविहीन बनेका छन् । असार÷साउनमा बागलुङमा पर्यटकहरुको आगमन समेत ह्वातै घटेको छ भने घरबास सञ्चालकहरु समेत खेतीपातीको काममा व्यस्त भएका छन् । बागलुङका पर्यटकीय संभावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी छ । वर्खामा पर्यटकहरुको आगमनमा कमी हुनु, ग्रामिण सडकहरु समस्याग्रस्त हुँनु र बाढी पहिरोका घटनामा वृद्धि भएका कारण घरबासमा कमै मात्र पर्यटकहरु पुग्न थालेका हुन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबासहरु कोरोनापछि राम्रै चलेको पाइएको छ । असार… पुरा पढौ

नव नियुक्त राजदूत सुवेदीले आफ्नो कार्यभार सम्हाले संगै ‘आजको काम आज़ै, भोलि नभन्ने नीति( No Tomorrow Policy)’ अवलम्बन

जापानका लागि नेपाली राजदूतावासका नव नियुक्त महामहिम राजदूत दुर्गाबहादुर सुवेदीले आफ्नो कार्यभार सम्हाले संगै ‘आजको काम आज़ै भोलि नभन्ने नीति( No Tomorrow Policy)’ अवलम्बन गर्ने भएका छन ।बुधवार जापानको मेगुरो स्थित राजदूताबासको कार्यालयमा आफ़नो पदबहाली संगै राजदूत सुबेदीले नेपाल सरकार र जापानस्थित नेपाली राजदूताबासप्रति नेपाली नागरिकहरूको सकारात्मक भावना अभिवृद्धि गर्नका लागि यहाँबाट प्रदान गरिने सेवालाई छिटो छरितो र सरल बनाइनका लागि बुधवारबाट नै लागु हुने गरि ‘आजको काम आज़ै भोलि नभन्ने नीति( No Tomorrow Policy)’ अवलम्बन गरिएको प्रेस नोट जारी… पुरा पढौ

जापानको लागि नेपालका आवासीय राजदूत सुवेदी जापान आइपुगे

यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा कार्य गरेका नव नियुक्त महामहिम राजदूतको रूपमा डा. दुर्गा बहादुर सुवेदी जापानका लागि नेपालको आवासीय राजदूतका लागि अगस्ट ३ तारिक अर्थात् बुधबार जापान आइपुगेका छन । बुधवार जापान आइपुगेका राजदुत सुवेदीलाई टोक्योस्थित नारिता  अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक राजदुत अम्बिका जोशी,द्वितीय सचिव जित बहादुर कार्कीसहित एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल र प्रवक्ता सुभाष लामिछानेले नारिता बिमानस्थलमा स्वागत गरेका थिए । एक लाख भन्दा भन्दा बढि नेपालीहरुको समस्या, गुनासो समाधानमा उहाँको कार्यकाल एतिहासिक बन्न सकोस्… पुरा पढौ

जापानमा गर्मी बढेर ४१.१ डिग्रीसम्म पुग्यो, मानिसलाई बाहिर ननिस्कन आग्रह 

जापानभर तापक्रम बढेर धेरै क्षेत्रहरूमा ४० डिग्री सेल्सियस भन्दा माथिको उच्च रेकर्ड कायम गरेकोले मौसम एजेन्सीले गर्मीसँग सम्बन्धित रोगहरूको चेतावनी जारी गरेको छ।बुधबार तापक्रम उच्च रहने अनुमान गर्दै सरकारले पूर्वदेखि पश्चिम जापानसम्मका धेरै क्षेत्रलाई समेटेर सतर्कता जारी गर्दै गर्मीबाट बच्न पानी पिउन र बाहिर ननिस्कन आग्रह गरेको छ ।२०१८ मा कुमागाया, साईतामा प्रिफेक्चरमा देशकै उच्च तापक्रम ४१.१ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो र २०२० मा हमामात्सु, शिजुओका प्रिफेक्चरमा सोहि बराबर रेकर्ड रहेको मौसम एजेन्सीले जनाएको छ । मंगलबार टोकियोको उत्तरी… पुरा पढौ

घुस लिन रेस्टुरेन्ट पुगेको अवस्थामा उपसचिव ६ लाख घुससहित पक्राउ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुस लिन रेस्टुरेन्ट पुगेको अवस्थामा रङ्गेहात पक्राउ परेका छन् । काठमाडौंको नागपोखरीस्थित अरोरा रेस्टुरेन्टबाट उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ परेको हो । प्याराग्लाईडिङ्ग सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख रूपियाँ घुस लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।  काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्गस्थित होटल अरन्यको कम्पाउण्डबाट नियन्त्रणमा लिई नेपालले प्रयोग गरेको गाडी खानतलासी… पुरा पढौ

गल्कोट समाज जापान क्षेत्रीय समितिका अधिवेशन धमाधम सम्पन्न, सिजुओकामा अर्जुन जंग बस्नेत र क्युस्युमा देविलाल गैरे अध्यक्षमा निर्वाचित

गल्कोट समाज जापान क्षेत्रीय समितिका अधिवेशन धमाधम सम्पन्न भैरहेका छन ।केन्द्रीय समितिको महाधिवेशन आगामी महिनाको १३ तारिकका लागि नागोयामा हुने निश्चित भएसंगै हालसम्म कान्तो, नागोया , कान्साइ, सिजुओका र क्युस्यु क्षेत्रीय समितिका अधिवेशन सम्पन्न भै आगामी कार्यकाल २०२२-२०२४ को लागि नया कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको क्षेत्रीय निर्वाचन सम्पन्न गराउने ज़िम्मेवारी पाएका निर्वाचन संयोजकहरूले जानकारी गराएका छन । जुलाई २७ तारिक सम्पन्न सीजुओका क्षेत्रीय समितिको अधिवेशनले अर्जुन जंग बस्नेतको अध्यक्षतामा एक महिला सहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको… पुरा पढौ

१२ औ नेपाल फेस्टीवल: जापान नेपाली एकता समाजको सहभागिता

जापानमा भर्खरै नेपाल फेस्टीवल सकिएको छ ।यो वर्ष २०२२ को १२औं नेपाल फेस्टीवलमा जापानमा रहेका धेरै सामाजिक संघ संस्थाले सह आयोजक भएर भाग लिने मौका पायो ।त्यसका लागि एनआरएनए जापान ,नेपाली दुतावास र फेस्टीवल आयोजक समितिलाई धन्यबाद नदिईरहन सकिदैन । जापान नेपाली एकता समाजले आफ्नो संस्थाको उद्धेश्यमा पनि नेपाल र जापान बिचको असल सम्बन्ध कायम गर्ने , नेपाली कला र संस्कृतिलाई संरक्षण सम्वर्द्दन गर्ने ,नेपाली चाडलाई सामुहिक पर्वका रूपमा मनाउने जस्ता उद्धेश्यहरू राखेको छ । एकता समाजले केही राजनीतिक ,केही… पुरा पढौ