
नेपालको कला संस्कृतिलाई जापानी समुदायमा परिचित गराउने उद्देश्यले अगस्ट ६ तारिक हुने नेपाल फेस्टिवल फुकुओका- २०२२ को उद्घाटन पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका प्रमुख नेता पुष्पकमल दाहाल’ प्रचण्ड’ ले गर्ने भएका छन ।

जापानको फुकुओका शहरको तेन्जिङ च्यूओ पार्कमा हुन लागेको लागेको एक दिने फेस्टिवलको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
फेस्टिवललाई भव्य र उदेश्यमूलक बनाउनका लागि आवश्यक सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको र नेपाली कला संस्कृति, भेषभूषा र रितिरिवाजलाई जापानी नागरिकमा पुर्याउन र कला संस्कृतिलाई विदेशमा परिचित गराउन यस्ता कार्यक्रम उपयुक्त हुने भएकोले नेपाल सरकारले यसतर्फ लगानी गर्न ध्यानाकर्षण गराउन सहयोग पुर्याउनका लागि पूर्व प्रधान मन्त्री तथा सत्तारुढ दलका प्रमुख नेता प्रचण्डको उपस्थितिले सहयोग पुग्ने बिश्वास आयोजक समितिले लिएको छ ।

नेपाल र जापानका बिचमा स्थापित दैत्य सम्बन्धलाई प्रगाढ पार्दै नेपालको मौलिक पहिचानलाई जापानी समुदायका बिचमा परिचित गराइ नेपालमा जापानी पर्यटकहरूको बढ़ावा दिने, नेपाली खाना नेपाली पहिरन नेपाली प्रस्तुतीसँगै नेपालको संस्कृतिबारेमा जानकारी दिने विविध झाँकी नृत्यका साथमा स्टलहरू राखिने भएको छ ।
नेपाल जापानको सांस्कृतिक सम्बन्धलाई सुमधुर र मजबुत गराउनका लागि जापानी कलाकारहरू नेपाली कलाकार सहित विभिन्न जातजातीका भेषभूषासहितका कला प्रस्तुत पनि कार्यक्रममा हुने बताईएको छ ।

सन २०११ देखि हुदै आएको नेपाल फेस्टिवल फुकुओका बिचमा विभिन्न कारणले गर्न नसकिएतापनि यस वर्षदेखि निरन्तरता दिइने आयोजक समितिले बताएको छ ।



