नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा अध्ययनका क्रममा रहेका विद्यार्थी र व्यवसायमा भएकाहरुको समस्याबारे जापान भ्रमणको क्रममा अध्ययन गर्ने बताएका छन्। शनिबार बिहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भ्रमणबाट नेपाल–जापान सम्बन्ध अघि बढाउन सहयोग पुग्ने बताए। ‘स्वभावैले एउटा सकारात्मक माहोल बन्छ,’ उनले भने, ‘दुई देशको सम्बन्धलाई विकसित गर्न र दुई देशबीचको आर्थिक सहयोग र अन्य क्षेत्रलाई पनि विस्तार गर्न सहयोग गर्छ।’ ‘यहाँ पढ्ने वा व्यवसायमा भएकाहरुकाहरुलाई नेपालको तर्फबाट के गर्नुपर्छ भन्ने अध्ययन गर्नेछु,’ प्रचण्डले…
पुरा पढौ