मेरो भ्रमणले जापान र नेपालको आर्थिक सहयोग विस्तार गर्छ : प्रचण्ड

- ‘नेपाली जनताले खोजेको विकास र समृद्धि नै हो’

-


     मीना खड्का     
     श्रावण २१ गते २०७९


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा अध्ययनका क्रममा रहेका विद्यार्थी र व्यवसायमा भएकाहरुको समस्याबारे जापान भ्रमणको क्रममा अध्ययन गर्ने बताएका छन्। 

शनिबार बिहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भ्रमणबाट नेपाल–जापान सम्बन्ध अघि बढाउन सहयोग पुग्ने बताए। 

‘स्वभावैले एउटा सकारात्मक माहोल बन्छ,’ उनले भने, ‘दुई देशको सम्बन्धलाई विकसित गर्न र दुई देशबीचको आर्थिक सहयोग र अन्य क्षेत्रलाई पनि विस्तार गर्न सहयोग गर्छ।’


‘यहाँ पढ्ने वा व्यवसायमा भएकाहरुकाहरुलाई नेपालको तर्फबाट के गर्नुपर्छ भन्ने अध्ययन गर्नेछु,’ प्रचण्डले भने।

नेपाली जनताले विकार र समृद्धि चहेको उनले बताए। ‘नेपाली जनताले खोजेको विकास र समृद्धि नै हो, नेपाली समाजको चाहना राजनीतिक अराजकतातिर मुलुक नजाओस भन्ने नै हो,’ प्रचण्डले भने, ‘गठबन्धनले गर्ने भनेको स्थायीत्वको लागिको प्रयास हो।’

जापानको परिस्थिति, जनमत र जनपरिचालनबाट शिक्षा लिनपर्ने उनले बताए। ‘लिडरसिपले इमानदार प्रयास गर्यो भने विकास सजिलो हुन्छ,’ प्रचण्डले भने, ‘अहिले अर्बौंको बिजुली बेच्ने स्थितिमा हामी पुगेका छौं, लिडरसिपले इमानदार प्रयास गर्दा हुने रहेछ।’

दुई देशबीचको आर्थिक र अनय सहयोगको क्षेत्र विस्तार गर्न आफ्नो भ्रमणले वातावरण बनाउन सहयोग पुग्ने उनले विश्वास ब्यक्त गरे। 

‘मर्निङ शोज द डे भनेजस्तै मेरो स्वागतम नेपालीको उपस्थितिले मलाई अत्यन्तै खुसी मिलेको छ,’ प्रचण्डले भने। 

आफ्नै मिहेनतले माथि पुग्न सकिन्छ भनेर जापानबाट पाठ सिक्नपर्ने प्रचण्डले बताए। जापान सरकारका प्रतिनिधिसँग छलफल भइरहेको प्रचण्डले बताए। 

‘कुनै न कुनै रुपले जापान सरकारका प्रतिनिधिसँग पटक पटक छलफल भइरहेको छ। पूर्व प्रधानमन्त्री आवेलाई भेट्ने कोसिस गरेको थिएँ,’ प्रचण्डले भने, ‘पूर्वप्रधानमन्त्रीको हैसियतमा उहाँ नेपाल भ्रमण गर्ने क्रममा असाध्यै राम्रो सम्बन्ध भएको थियो। तर अहिले भेट्न पाइएन उहाँको परिवारमा भन्न चाहन्छु।’

प्रचण्डले शनिबारै जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिबल फुकुओकाको उद्घाटन गर्ने छन्। 

त्यसैगरी अगस्ट ६ मा हिरोसिमामा घटना भएको ७५ वर्ष पूरा हुने ऐतिहासिक क्षेत्रमा आइतबार प्रचण्डले भ्रमण गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?