तस्विर समाचार

जापानमा बाग्लुङ बिंहुका कंडेलको हृदयघातबाट निधन

जापानमा फेरि अर्का एक नेपालीको निधन भएको छ । परिवार सहित जापानको साईतामा प्रान्तको तोकोरोजावामा बस्दै आएको निलकन्ठ कडेलको आईतबार विहान हृदयघात भई मृत्यु भएको हो । श्रीमती र २ छोरीहरु सहित जापानको साईतामा बस्दै आएका ४१ वर्षीय कडेलको आईतबार विहान घरमा बेहोस भएपछि उनको निधन भएको बताईएको छ । कडेलको १४ वर्षीय छोरा भने नेपालमा नै रहँदै आएको नेपाल न्यूज पोष्टले आफ़नो समाचारमा लेखेको छ । बाग्लुङ जिल्ला काठेखोला ६ बिहुँ हटिया ठेगाना भएका कडेल कुक भिषामा बिगत ९… पुरा पढौ

जापानी राजदूत यूताकाद्वारा सुरक्षा निकायका अधिकारीसँगको भेटवार्तामा तिव्रता

काठमाडौं- जापानी राजदूत एचई श्री किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा भेटवार्ता भएको छ । भेटमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालनको बारेमा जानकारी गराइएको थियो । त्यसैगरी नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहनुको साथै  विपद् व्यवस्थापनमा अहम भूमिका रहेको तथा जापानसँग विभिन्न क्षेत्रमा सहकार्यको सम्भावनको बारेमा समेत जानकारी गराइएको थियो । सोही अवसरमा जापानी राजदूतको तर्फबाट नेपाल र जापानबीचको सम्बन्ध, नेपाललाई सधैँ सहयोग… पुरा पढौ

नेपालमा शनिबार र आइतबार देशभरको वर्षा हुने जल तथा मौसम पूर्वानुमान

आज (शनिबार)  देशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ।  प्रदेश १ र मधेस प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली  रही बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सफा रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ। त्यसैगरी आज राति प्रदेश १, मधेश प्रदेश , बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १… पुरा पढौ

२० वर्ष यता कै कमजोर येनको कारण विश्वका महँगो सहरको सूचीमा टोकियो दोस्रोबाट पाँचौंमा झर्यो

गत वर्ष दोस्रो स्थानमा रहेको टोकियो यस वर्ष २० वर्ष यता कै सबै भन्दा कमजोर येनका कारण जापानी सहरहरूमा विदेशीहरूका लागि विश्वका २० वटा सबैभन्दा महँगो सहरको सूचीबाट पाँचौं स्थानमा झरेको छ। गत वर्षको तुलनामा उच्च मूल्य र बलियो मुद्राले एसियाली सहरलाई शीर्षमा राखेको ECA इन्टरनेशनलले यस वर्ष सार्वजनिक गरेको आफ्नो अनुसन्धानका आधारमा टोकियो पाँचौं स्थानमा झरेको देखाएको हो । ग्लोबल मोबिलिटी कम्पनी ईसीए इन्टरनेशनलले बस्नका लागि संसारका सबैभन्दा महँगो सहरहरूको वार्षिक सूची सार्वजनिक गरेको छ र यस वर्षपनि हङकङ… पुरा पढौ

अविरल वर्षाले गलकोटमा वितन्डा

गलकोट नगरपालिका वडा नं १ काफलठुटामा रहेको अम्मर बहादुर खड्काको घर अगाडि २ वटा मेवाको रुख र दायाँतर्फ गोठ थियो । गोठमा ३ भैसी ३ बाख्रा थिए । गोठदेखि तल देवालय प्राथमिक विद्यालय छ । साँझ करिब ६ बजेबाट वर्षा भएपछि घरमै बस्नुभएका खड्काले करिब ८ बजे खाना खानुभयो । प्राकृतिक प्रकोपको जोखिमबारे चनाखो बन्नुभएका खड्का परिवारसँग घरको पिढिमा रहेको खाटमा बसेर ठूलो पानीले पहिरो जाने विपद् निम्तिने कुरा गर्दै गर्दा एक्कासी चट्याङ पर्यो । पहिलो चट्याङले घर अगाडिको मेवाको… पुरा पढौ

नेपाल डिजिटल रुपान्तरणको संघारमा : सञ्चारमन्त्री कार्की

काठमाडौं, जेठ २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले नेपालमा पनि डिजिटल रुपान्तरणको आधारशिला तयारी भएको बताएका हुन् । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क–२०७६ लागू गरेको बताउँदै मन्त्री कार्कीले सो ‘फ्रेमवर्क’ले आर्थिक वृद्धिका लागि डिजिटल पहलकदमीले कसरी योगदान गर्नसक्छ भन्ने बारेमा मार्ग दर्शन गर्ने मूल दस्तावेज भएको स्पष्ट पारे । ‘फ्रेमवर्कले छोटो समयमा थोरै… पुरा पढौ

“संघर्ष गरौ, आत्महत्या होइन”

थकित ज्यान त्यहि माथि तनाबहरुले हृदयमा आक्रमण गर्यो भने परदेश मा धेरै साथिको ज्युदो ज्यानलाई हाम्रा आखॉंले लासमा देख्नु पर्छ । साथि तिमिलाई थाहा छ ? "जब पीडा व्यक्तिको बहन गर्ने क्षमता भन्दा बढी हुन्छ, आत्महत्याको सम्भावना पनि बढ्दै जान्छ।" हामी हाम्रो समुदाय , देश र हामी बाचेको भूगोलको कुरा गरौ । तिमी यो पढिरहदा तिमी आफैपनि विज्ञ हुनुपर्छ यो विषयमा । तिमीलाई अबगत छ कसरी गरिन्छ धेरैजसो आत्महत्या ? नेपालमा आत्महत्या गर्नेहरु प्राय झुण्डिएर मर्ने गरेको देखिएको छ ।… पुरा पढौ

एप्पलले ‘अहिले किन्नुहोस्, पछि पैसा तिर्नुहोस् ’ योजना ल्याउदै

आफ्नो आइओएस १६ का नयाँ अपरेटिंग सिस्टमको एक अंशका रुपमा एप्पल कम्पनीले ग्राहकहरुलाई ‘अहिले किन्नुहोस्, पछि पैसा तिर्नुहोस् ( बिएनपिएल )’ सेवा प्रदान गर्ने योजना बनाइरहेको छ । ‘एप्पल पे ल्याटर’ ले प्र्रयोगकर्ताहरुलाई अमेरिकामा छ साताभित्र चार चरणमा भुक्तानी गर्न सक्ने सेवा प्रदान गर्न लागेको हो । तर त्यसका लागि ग्राहकहरुले कुनै ब्याज वा शुल्क भने तिर्नु पर्ने छैन ।  यस आइफोनको नयाँ विशेषताहरु पनि छन् । आफुलाई प्रताडना दिने उद्देश्यले मेसेजहरु पठाइने गरेका कारण हैरान हुनेहरुलाई राहत दिने उद्देशयले… पुरा पढौ

दिउँसो सुत्नु स्वास्थ्यका लागि लाभदायक

दिउँसो सुत्नु राम्रो हो वा नराम्रो  प्रश्न सामान्य लाग्न सक्छ।  तर, यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो। अनुसन्धानमा के देखिएको छ भने, दिउँसो सुत्दा अल्छी हुने होइन बरु ताजगी महसुस हुन्छ। रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ। किन सुत्ने दिउँसो ? प्राय मानिसहरुको राती सुत्ने र दिनभर काम गर्ने बानी हुन्छ। तर, केही मानिसहरुको भने दिँउसो पनि केही समय सुत्ने बानी हुन्छ। दिउँसो सुत्ने बानी भएका मानिसहरुलाई बिहान खाना खाइसकेपछि सुत्न मन लाग्छ। काम गर्दागर्दै उनीहरुलाई अल्छी लाग्छ र… पुरा पढौ

साउन १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य छैन-यातायात व्यवस्था विभाग

काठमाडौँ । यातायात व्यवस्था विभागले साउन एक गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ । मंगलबार विज्ञप्ति जारी गरी विभागले साउन १ गतेबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन । सीमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै… पुरा पढौ