तस्विर समाचार

लामो समयपछि जापानले आगामी जुनदेखि पर्यटकका लागि सिमा खुला गर्दै

कोरोना महामारीका कारण लामो समयदेखि विदेशी पर्यटकको लागि आफ्नो सिमा बन्द गरेको जापानले आगामी जुनदेखि निश्चित मापदण्ड पालना गराउदै विदेशी आगन्तुकलाई पर्यटकको रूपमा स्विकार्ने भएको छ ।यस में महिनाको अन्त्यसम्ममा आवश्यक तयारी पुरा गरि हालका लागि संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, थाइल्याण्ड र सिङ्गापुर देशका कोभिड-१९ विरुद्दको पूर्ण मात्राको खोप लगाइएका पर्यटकहरूका लागि सानो स्तरको विदेशी आगन्तुकहरूको स्वागतको लागि परीक्षणको रूपमा भ्रमणहरू स्वीकार गरिन लागेको सरकार अधिकारीहरूले मंगलबार बताएका छन ।जापानले २०२० मा कोरोनाभाइरस महामारीको प्रारम्भिक चरणदेखि विदेशी पर्यटकहरूका लागि आफ्नो… पुरा पढौ

१२७ पालिकाको नेतृत्वसहित काँग्रेसको अग्रता, एमालेलाई पछ्याउँदै माओवादी

काठमाडौँ। स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो नतिजा अनुसार काँग्रेस सबैभन्दा ठुलो दल बन्ने देखिएको छ । काँग्रेसले अहिलेसम्म १२७ स्थानमा विजयी हासिल गरेको छ भने १८० पालिकामा अग्रता कायमै राखेको छ । विभिन्न कारणले स्थगित भएका ५२ पालिकामा मतदान जारी छ । कतिपयमा भोलिसम्म मतदानको समय राखिएको छ । काँग्रेसले १२७ तहमा विजय हासिल गर्दा एमालेले पछ्याइरहेको छ । एमालेले अहिलेसम्म ७६ पालिकाको नेतृत्व लिन सफल भएको छ भने ११८ तहमा अग्रता कायमै… पुरा पढौ

ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली निर्वाचित

ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली निर्वाचित भएका छन । गठबन्धनबाट माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालको लागि निर्वाचित भएका हुन् ।नेपाली यस अघि पनि नगरको प्रमुख थिए । उपप्रमुखमा गठबन्धनका तर्फबाट काँग्रेसका धनबहादुर कायत निर्वाचित भएका छन् । नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५मत प्राप्त गरेका छन् । नगरपालिकाको उपमेयरमा पाँच दलीय गठबन्धनका धनबहादुर कायत विजयी भएका छन् । नेपाली काँग्रेसका कायतले ५ हजार ६५० मत प्राप्त… पुरा पढौ

बाग्लुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी

बाग्लुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी भएका छन । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार शर्मा तीन हजार ६०१ मत ल्याएर विजयी भएका हुन। नेकपा एमालेका प्रदीप थापाले दुई हजार २३२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलिप कुमार पुन विजयी भएका छन। उनले तीन हजार ६८२ र एमालेका दुर्गा कार्की थापा क्षेत्रीले एक हजार ९५५ मत प्राप्त गरेका थिए । गाउँपालिकाको वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट राष्ट्रिय जनमोर्चाका नरसिंह पुन १ हजार… पुरा पढौ

काठमाडौं महानगरपालिकाको मेयरमा बालेनको ४२ सय बढि मतले अग्रता

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ९ हजार १ सय ८६ मत पाएका छन् । नेकपा एमालेका केशव स्थापितले ४ हजार ९ सय ४८ मत पाएका छन् । बालेन शाहले काठमाडौंमा लगातार अग्रता बनाइरहेका छन् । मत गणना सुरु भएदेखि अग्रता लिएका उनले पछिल्लो पटक मतान्तर पनि बढाउँदै लगेका छन् ।  पुरा पढौ

गलकोट नगरपालिकामा प्रमुखमा भरत गैरे, उप प्रमुखमा फमलाल निउरे सहितको गठबन्धन विजयी

गलकोट नगरपालिकाको नगर प्रमुखमा ५ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता भरत शर्मा गैरेले ५ हजार ४ सय १४ मत सहित पुन नगर प्रमुख पदमा निर्वाचित भएका छन।  गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको नगर प्रमुखको प्रतिस्प्रर्धामा रहेका गैरे निर्वाचित हुदा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पूर्ण बहादुर काउचाले ३ हजार ५ सय १९ मत प्राप्त गरेका थिए ।  त्यस्तै गलकोट नगरपालिकाको उपप्रमुखमा ५ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार तथा नेकपा माओबादी केन्द्रका… पुरा पढौ

काठमाडौंमा बालेनको दोब्बर मतसहित अग्रता कायमै

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार शाहले ४ हजार २ सय ५९ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले २ हजार २ सय ३७ मत ल्याएर पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार १८ मत पाएकी छिन् । पुरा पढौ

गलकोट नगरपालिका वडा नम्वर ७ मा अध्यक्षमा गठबन्धनका राज थापा विजयी

गलकोट नगरपालिका वडा नम्वर ७ मा माओवादीका राज बहादुर थापा विजयी भएका छन। गलकोट नगरपालिका वडा नम्वर ७ मा नेकपा माओबादी केन्द्रका थापाले ४ सय ३२ मत सहित विजयी भएका हुन । थापाले आफ्ना निकट्तम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार राम बहादुर थापालाई ९ मत अन्तरले पराजित गरेका हुन । स्वतन्त्र उम्मेदवार थापाले ४ सय २३ मत प्राप्त गरेका थिए । त्यस्तै खुल्ला सदस्यमा ज्ञान बहादुर कार्की ४ सय २३ र स्वतन्त्र उम्मेदवार नर बहादुर थापा मगर ४ सय, महिला सदस्य यसुदा… पुरा पढौ

निर्वाचनमा योजनाबद्ध धाँधली भएको एमालेको ठहर

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । आइतबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी निर्वाचन जित्न सत्ता गठबन्धनले धाँधलीको साहारा लिएको आरोप लगाएका हुन् । एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको तथा मतगणनामा पनि धाँधली भएको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भयो। मतदान र मतगणनाको… पुरा पढौ

गलकोट नगरपालिका वडा नम्वर ८ मा नेपाली कांग्रेसका तेज प्रसाद सापकोट विजयी

गलकोट नगरपालिका वडा नम्वर ८ मा नेपाली कांग्रेसका तेज प्रसाद सापकोटा सहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।गलकोट नगरपालिका वडा नम्वर ८ मा नेपाली कांग्रेसका तेज प्रसाद सापकोटाले ७ सय ६० मत प्राप्त गर्दै विजयी बन्नुभएको हो । सापकोटाले आफ्ना निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका राम बहादुर परियारलाई ५ सय २५ मतले पराजित गर्नुभएको हो । त्यस्तै वडा सदस्यमा ५ दलीय गठबन्धनका छम बहादुर गलामीले ७ सय १३, लोकनाथ कडेंलले ७ सय ४, महिला सदस्य धन कुमारी खत्रीले १ हजार… पुरा पढौ