गलकोट नगरपालिका वडा नम्वर ८ मा नेपाली कांग्रेसका तेज प्रसाद सापकोट विजयी

-


     गलकाेट     
     जेठ १ गते २०७९


गलकोट नगरपालिका वडा नम्वर ८ मा नेपाली कांग्रेसका तेज प्रसाद सापकोटा सहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर ८ मा नेपाली कांग्रेसका तेज प्रसाद सापकोटाले ७ सय ६० मत प्राप्त गर्दै विजयी बन्नुभएको हो । सापकोटाले आफ्ना निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका राम बहादुर परियारलाई ५ सय २५ मतले पराजित गर्नुभएको हो ।

त्यस्तै वडा सदस्यमा ५ दलीय गठबन्धनका छम बहादुर गलामीले ७ सय १३, लोकनाथ कडेंलले ७ सय ४, महिला सदस्य धन कुमारी खत्रीले १ हजार १ सय ८६ र दलीत महिला सदस्य चित्र कुमारी सुनारले १ हजार १ सय ७४ मत प्राप्त गरि गठबन्धनको प्यानल नै विजयी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?