तस्विर समाचार

चितवनको रत्ननगर नगरपालिकाको १२ नम्बरमा माओवादीले इतिहास रच्यो

चितवनको ठूलो एवं नेपालकै तेश्रो ठूलो पर्यटकीय गन्तब्य सौराहाको काखमा रहेको रत्ननगर नगरपालिकामा स्थानीय तह निर्वाचन-२०७९ मा माओवादी केन्द्रले इतिहास रचेको छ। माओवादी केन्द्रले रत्ननगर नगरपालिकामा यस अघिको निर्वाचनमा कुनै पनि वार्डमा समेत वर्डा अध्यक्ष जित्न सकेको थिएन। यस पटक भने रत्ननगर नगरपालिका वर्डा नं . १२ मा वार्ड अध्यक्षमा सुन्दरमणि सुवेदी र महिला सदस्य चन्द्रकला पनेरु बिजय भए संगै इतिहास रचेको हो । हालै मात्र त्यस पालिकामा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष श्याम बरालले रत्ननगर - १२ को… पुरा पढौ

भरतपुरमा रेनु दाहालको २२६७ मतका साथ अग्रता

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २२६७ मतको अग्रता लिएकी छन्। हालसम्म ३२ हजार २ सय ९३  मत गणना गर्दा रेनुले ११ हजार ९ सय ६६ मत पाएकी छन् भने राप्रपासँग तालमेल गरेको नेकपा एमालेका विजय सुवेदीले ९६९९ मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५२३५ मत पाएका छन्। उपमेयरतर्फ पनि सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ। गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चित्रशेन अधिकारीले १४ हजार १ सय ६६ मत पाउँदा राप्रपाका हिमला गुरूङले… पुरा पढौ

पोखरा जादै गरेको सवारी पर्वतमा दुर्घटना, १ मृत्यु १३ घाइते

पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  दुर्घटनामा बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामका ३१ बर्षिय लालबहादुर थापाको पर्वत अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको छ । जिप सडकबाट हुत्तिएर सडक बाहिरको नालीको भागमा… पुरा पढौ

बागलुङ नगरपालिकाको प्रमुखमा काँग्रेसका वसन्तकुमार श्रेष्ठ र उप प्रमुखमा माओवादीका राजु खड्का निर्वाचित

बागलुङ नगरपालिकाको मयेरमा नेपाली काँग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १४ हजार ६०८ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी नेकपा एमाले राप्रपाका उम्मेदवार तथा निर्वतमान नगरप्रमुख जनकार पौडेलले ८ हजार ८२१ मत प्राप्त गरे । नगरपालिकाको उपमेयरमा गठबन्धनकै उम्मेदवार नेकपा (माओवादी केन्द्र)का राजु खड्का निर्वाचित भएका छन् । खड्काले १२ हजार ४२७ मत प्राप्त गर्दा एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले ८ हजार ६५ मत प्राप्त गरे । पुरा पढौ

बागलुङको जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन भारी मतले निर्वाचित

बागलुङको जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन भारी मतले निर्वाचित भएका छन् । पुनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानालाई ५ हजार ८ सय ८२ मतान्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन् । पुनले ८ हजार ७ सय ५५.मत प्राप्त गरेका छन भने रानाले २ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली काँग्रसका हरिहर शर्मा निर्वाचित भएका छन् । उनी ६ हजार ५ सय ३७ मतान्तरले उपप्रमुखमा निर्वाचित भएका हुन् । शर्माले ९ हजार… पुरा पढौ

काठमाडौंमा बालेन साह प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतले अग्रता कायमै

काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले १५ हजार ५ सय ५३ मत प्राप्त गर्दा केशव स्थापितले ६ हजार ७ सय ६ मत प्राप्त गरेका छन ।  नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले पाँच हजार ३८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ । उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डङ्गोलले ११ हजार ४८५ मतले अग्रस्थानमा रहेकी छन ।  उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार ७८४ मत प्राप्त गरेका छन । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा… पुरा पढौ

भरतपुरमा पहिलो पटक रेनु ३ सयभन्दा धेरै मतले अगाडि

भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाउन थालेकी छिन् । वडा नम्बर ५ को गणना सम्पन्न हुँदासम्म उनले ३७३ मतको अग्रता लिएकी छिन् । पछिल्लो समय २१ हजार ८ सय ६० मत गणना सम्पन्न भैसक्दा रेनुले एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी हुन् । रेनुले ७ हजार ४ सय ७१ मत ल्याउँदा सुवेदीले ७ हजार ९८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ३ हजार ६ सय ३ मत ल्याएका छन् । उपमेयरमा… पुरा पढौ

जापानमा जुलाई ३० र ३१ तारिक १२ औ ‘नेपाल फेस्टिवल-२०२२’ आयोजना गरिने

नेपाल र नेपालीको मौलिक पहिचानलाई जापानमा परिचित बनाउदै नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आगामी जुलाई ३० र ३१ तारिक आयोजना गरिन लागिएको छ । १२ औ नेपाली फेस्टिवलको रूपमा जापानको नाकानो कु को एक पार्कमा आयोजना गरिन लागिएको सो फेस्टिवललाई व्यवस्थित रूपमा संचालन गर्नको लागि एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको संयोजकत्वमा ‘नेपाल फेस्टिवल-२०२२’ मूल आयोजक समिति गठन गरिएको एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी दिए ।नेपाल फेस्टिवललाई व्यवस्थित र उद्देश्य… पुरा पढौ

लामो समयपछि जापानले आगामी जुनदेखि पर्यटकका लागि सिमा खुला गर्दै

कोरोना महामारीका कारण लामो समयदेखि विदेशी पर्यटकको लागि आफ्नो सिमा बन्द गरेको जापानले आगामी जुनदेखि निश्चित मापदण्ड पालना गराउदै विदेशी आगन्तुकलाई पर्यटकको रूपमा स्विकार्ने भएको छ ।यस में महिनाको अन्त्यसम्ममा आवश्यक तयारी पुरा गरि हालका लागि संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, थाइल्याण्ड र सिङ्गापुर देशका कोभिड-१९ विरुद्दको पूर्ण मात्राको खोप लगाइएका पर्यटकहरूका लागि सानो स्तरको विदेशी आगन्तुकहरूको स्वागतको लागि परीक्षणको रूपमा भ्रमणहरू स्वीकार गरिन लागेको सरकार अधिकारीहरूले मंगलबार बताएका छन ।जापानले २०२० मा कोरोनाभाइरस महामारीको प्रारम्भिक चरणदेखि विदेशी पर्यटकहरूका लागि आफ्नो… पुरा पढौ

१२७ पालिकाको नेतृत्वसहित काँग्रेसको अग्रता, एमालेलाई पछ्याउँदै माओवादी

काठमाडौँ। स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो नतिजा अनुसार काँग्रेस सबैभन्दा ठुलो दल बन्ने देखिएको छ । काँग्रेसले अहिलेसम्म १२७ स्थानमा विजयी हासिल गरेको छ भने १८० पालिकामा अग्रता कायमै राखेको छ । विभिन्न कारणले स्थगित भएका ५२ पालिकामा मतदान जारी छ । कतिपयमा भोलिसम्म मतदानको समय राखिएको छ । काँग्रेसले १२७ तहमा विजय हासिल गर्दा एमालेले पछ्याइरहेको छ । एमालेले अहिलेसम्म ७६ पालिकाको नेतृत्व लिन सफल भएको छ भने ११८ तहमा अग्रता कायमै… पुरा पढौ