
कोरोना महामारीका कारण लामो समयदेखि विदेशी पर्यटकको लागि आफ्नो सिमा बन्द गरेको जापानले आगामी जुनदेखि निश्चित मापदण्ड पालना गराउदै विदेशी आगन्तुकलाई पर्यटकको रूपमा स्विकार्ने भएको छ ।
यस में महिनाको अन्त्यसम्ममा आवश्यक तयारी पुरा गरि हालका लागि संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, थाइल्याण्ड र सिङ्गापुर देशका कोभिड-१९ विरुद्दको पूर्ण मात्राको खोप लगाइएका पर्यटकहरूका लागि सानो स्तरको विदेशी आगन्तुकहरूको स्वागतको लागि परीक्षणको रूपमा भ्रमणहरू स्वीकार गरिन लागेको सरकार अधिकारीहरूले मंगलबार बताएका छन ।
जापानले २०२० मा कोरोनाभाइरस महामारीको प्रारम्भिक चरणदेखि विदेशी पर्यटकहरूका लागि आफ्नो सिमाना बन्द गरिरहेको छ । पछिल्ला दिनमा जापानमा कोरोना संक्रमणको स्थितिमा सुधार आएको, व्यापारिक व्यक्ति, प्राविधिक इन्टर्न र विद्यार्थीहरूलाई स्वीकार गर्दै मार्चदेखि चरणबद्ध रूपमा आफ्नो यात्रा प्रतिबन्धहरू खुकुलो गर्दै आएको सन्दर्भलाई ध्यानमा राखेर G-7 राष्ट्रहरू सरह मापदण्ड पुरा गर्न विदेशी पर्यटकलाई स्विकार गर्न लागिएको बताईएको छ ।
परीक्षण पहिलो चरणमा साना समूहहरू निश्चित प्याकेज र मापदण्ड पुरा गराउदै भ्रमणका लागि स्वागत गरि जुन प्रान्तमा विदेशी आगन्तुकहरू भ्रमण गर्छन सोहि प्रान्तीय सरकारहरूले तिनीहरूलाई तिनीहरूका गतिविधिहरू व्यवस्थित गर्न भनिएको छ ।
भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयका अनुसार तीनवटा कोभिड-१९ शट लिएका आगन्तुकहरूले मात्रै सहभागी हुन पाउनेछन्।
परिक्षणको रूपमा स्वीकार गर्न लागिएको विदेशी पर्यटकमार्फत सरकारलाई जनताको आवागमन बुझ्न सक्छ कि सक्दैन भनेर हेर्न र कोभिड-१९ को संक्रमण फेला परेमा पूर्ण सीमाना खोल्ने अवस्थामा कसरी व्यवस्थित गर्ने भन्ने बारेमा विषेश निगरानी राखी योजना तर्जुमा गरि त्यसपछि अनुमति दिइने बताईएको छ ।
पर्यटन मन्त्रालयले ट्राभल एजेन्सी र बस्ने सुविधाका लागि संक्रमण नियन्त्रण उपायहरूका निर्देशहरू संकलन गर्नेछ।
हाल जापानमा दैनिक १०,००० मानिस प्रवेश गर्न अनुमति दिइएको छ, तर सरकारले जुनमा सीमा दोब्बर गरी २०,००० पुर्याउने विचार गरिरहेको छ। “अन्तर्राष्ट्रिय यात्रा आर्थिक गतिविधि र क्षेत्रीय पुनरुत्थानको लागि अत्यन्त महत्त्वपूर्ण छ,” पर्यटन मन्त्री तेत्सुओ साइतोले पत्रकार सम्मेलनमा भने।
कोभिड-१९ को महामारीका कारण विदेशी पर्यटकलाई यात्रा प्रतिबन्धहरू लगाईएकोले २०२१ मा जापानमा विदेशी आगन्तुकहरूको संख्या २०१९ को पूर्व-महामारी वर्षको तुलनामा ९९.२ प्रतिशतले कमी भै मात्र २ लाख ४५ हजार ९ सय मात्र भित्रिएका थिए । यो सन १९९६ यता कै सबै भन्दा कम संख्या हो ।



