तस्विर समाचार

गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिता सिजन १ सुरु, २८ र २९ तारिक अडिसन हुने 

जापान- जे एन सनराइज मिडिया प्रा लिद्वारा आयोजित गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिता सिजन १ को औपचारिक उद्घाटन गरिएको छ । यसै महिनाको २८ तारिख शनिवार देखि सुरु हुन लागेको गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिताको उद्घाटन कार्यवहाक राजदुत अम्बिका जोसीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जोसीले जुनसुकै ठाउमा गएपनि आफ्नो कला र संस्कृति भुल्न नसकिने उल्लेख गरे । कला र सस्कृतिको संरक्षण गर्दै बिदेशमा रहेका प्रतिभाहरुको पहिचान गर्ने उद्देश्यले यस्ता कार्यक्रमले निरन्तरता पाउने पर्ने बताउदै उनले गोर्खाली भ्वाइस अनलाइन… पुरा पढौ

खोटाङका सजिन्द्र प्रधानको जापानमा उपचारका क्रममा निधन, शव नेपाल पठाउने तयारी

खोटाङ जिल्ला सिम्पानी -२ निवासी हाल जापानको आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका २९ सजिन्द्र प्रधानको मृत्यु भएको छ ।एक हप्ता अघि आफ्नै कोठामा सुतेको अवस्थामा स्वास प्रस्वासमा समस्या देखिए पछि अस्पताल लगिएको र उपचार कै क्रममा प्रधानको मंगलबार बिहान ७:३० बजे निधन भएको भएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य तथा समाजसेवी दिपक कार्कीले जानकारी दिए । विद्यार्थी भिषामा जापान आइ अध्ययन पश्चात हाल हाकेन कम्पनीमा कार्यरत मृतक प्रधान श्रीमति भावना नेपालसंगै जापानमा बसदै आएका थिए । नेपालमा… पुरा पढौ

१७ नाउर र आठ झारलको सिकार गर्दै ढोरपाटन सिकार आरक्षमा दोस्रो सिकार याम सकियो

बागलुङ -  ढोरपाटन सिकार आरक्षमा वर्षमा दुई याम सिकार खुल्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) । चालू आवको दोस्रो सिकार याम पनि सकिएको छ । यो वर्ष १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । पहिलो याममा १० नाउर र छ झारलको सिकार कोटा तोकिएकामा नौ नाउर र तीन झारलको मात्र सिकार गरिएको थियो । यस्तै पछिल्लो याममा आठ नाउर र पाँच झारलको सिकार भएको कार्यालयका सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताए ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु… पुरा पढौ

अर्थतन्त्र सबलीकरणका लागि बजेट: जनार्दन शर्मा‘प्रभाकर’अर्थमन्त्री

३ जेठमा संघीय संसदका दुवै सदनमा बिनियोजन विद्येयक, २०७९ को सिद्धान्त र प्राथमिकता पेश भएपछि माननीय  सदस्यहरुले अत्यन्त गम्भिरताका साथ प्रस्तुत सिद्धान्त र प्राथमिकताहरुमा आफ्नो बिचार र सुझावहरु राख्नुभएको छ । यी सबै बिचार र सुझावलाई मैले आगामी बजेटको मार्गनिर्देशनका रुपमा लिएको छु ।बिनियोजन विद्येयकका बिषयमा अलि ढिला गरी छलफल भयो । किनभने हामी सबै स्थानीय निर्वाचनको परिस्थितिमा थियौं । यहीं निर्वाचनकै कारण छोटो समयमा बजेट बनाउनुपर्ने आवश्यकता पनि छ । विषयगत क्षेत्रका विज्ञ र सरोकारवालाहरु, सर्वसाधाण र संघीय संसदका… पुरा पढौ

भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा मेयर र उपमेयर पदमा जित सुनिश्चित

चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । जम्मा ११ हजार १७३ मत गन्न बाँकी रहँदा गन्न बाँकी रहेको मतभन्दा पनि बढीको मतान्तर बनाएपछि दाहाल र अधिकारीको जित सुनिश्चित भएको हो । निर्वाचन कार्यालयका अनुसार हालसम्म मेयरमा रेनु दाहालको ४७ हजार ४० मत ल्याएकी छन् । त्यसैगरी मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३५ हजार ५८३ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार २६३ मत छ… पुरा पढौ

लन्डनमा मनाइयो २५६६ औँ बुद्ध जयन्ति

लण्डन -- लण्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा आइतबार एक भव्य समारोहका बीच २५६६ औँ बुद्ध जयन्ति मनाइएको छ।बुद्ध फाउन्डेशन युके, बेलायतस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड लगायतको सहकार्यमा आयोजित कार्यक्रममा भगवान बुद्ध को शोभा यात्रा निकालिएको थियो। त्यस्तै नेपालको संस्कृति दर्शाउने शेर्पा नाच, मन्जुश्री नाच, लाखे नाच, थारू नाच आदि प्रस्तुत गरिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथले नेपाललाई विश्वभर चिनाएको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको लुम्बिनी… पुरा पढौ

गैरआवासीय नेपालीका मुद्दा सम्बोधन गर्न संघको आग्रह

लन्डन-- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीहरुका मुद्दा सम्बोधन गर्न आग्रह गरेको छ।प्रधानमंत्री कार्यालयमा एक ज्ञापनपत्र पठाउदै संघले ८ बुँदे सुझाव दिएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संघले गैरआवासीय नेपाली नागरिकता, लगानी, वैदेशिक रोजगार, नेपालको पूर्वाधार विकास लगायतका विषयमा ती सुझावहरु पेश गरिएको जनाए ।संघका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयमा पठाएको पत्रमा समावेश गरिएका बिषयहरु सम्बोधन भएमा नेपालमा लगानीको वातावरण सुदृढ हुनगई विदेशी मुद्राको संचितिमा… पुरा पढौ

अमेरिकी राष्ट्रपति जो बाइडेन जापान भ्रमणमा, इन्डो-प्यासिफिक आर्थिक ढाँचाको सुरुवातको घोषणा गरिने

एसियामा अमेरिकी गठबन्धनहरूलाई सुदृढ पार्ने भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार जापान आइपुगेका छन् । युक्रेनमाथि रसियाको युद्धको सन्दर्भमा चिनको आत्मविश्वास र बलियो व्यवहार र सहयोगको बीचमा जापान र अमेरिकाको द्विपक्षीय गठबन्धनलाई बलियो बनाउने उद्देश्यका साथ आफ्नो पदभार ग्रहण गरेपछि पहिलो पटक जापानको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन जापान आइपुगे हुन। दक्षिण कोरियाको पहिलो एसिया भ्रमणमा गएका बाइडेनलाई आइतबार दिउँसो टोकियोको योकोटा एयर बेसमा आइपुगेका थिए र उनलाई जापानी विदेशमन्त्री योशिमासा हयाशी,जापानका लागि अमेरिकी राजदूत रहम इमानुएल लगायतले… पुरा पढौ

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १६ वर्षीय बिट्टु विक, १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी… पुरा पढौ

खानपानको बारेमा जानकारी दिने किताब ‘नेपाली भान्सा र महिला स्वास्थ्य’

खानपानका सम्बन्धमा चेतनाको अभावले भ्रम सिर्जना हुनु एउटा पक्ष हो तर सोधखोज गर्न सक्ने र चेतना भएका मानिसले नै त्यसरी प्रमाणहिन कुरालाई अनुशरण गरिदिँदा वा हो मा हो मिलाइदिँदा सारा समाजमा त्यसको असर परिरहेको छ । यस्ता वाक्यले समाजमा भ्रम गाडिन मदत पुगेको छ । आज यस्तै विषयमा चर्चा गर्ने प्रयत्न गरिएको छ।हाम्रो समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने थुप्रै आहानहरू अझै दिनहुँ प्रयोगमा आइरहेका छन् । उदाहरणका रूपमा ‘जात फाल्नु गहतको झोलमा’, ‘बाहुनले च्याउ खाओस् न स्वाद पाओस्’ भन्ने उखानलाई… पुरा पढौ