तस्विर समाचार

उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेपछि संयुक्त सैन्य अभ्यास गर्दै जापान र अमेरिकाका लडाकु जेट विमान एकसाथ उडे

उक्त कोरियाले बुधबार लगातार तीन ब्यालेस्टिक मिसाइल परीक्षण गरेसँगै अमेरिका र जापानले आफ्नो शक्ति प्रदर्शनको लागि संयुक्तरुपमा एकसाथ लडाकु विमान जापान सागरमा उडाएका छन्। उत्तर कोरियाले जापान र कोरियाली प्रायद्वीपलाई छुट्याउने सागरमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी सेना र जापानको सेल्फ डिफेन्स फोर्सले बिहीबार आफ्नो शक्ति प्रदर्शनमा जापानको सागरमा लडाकु विमानहरू सँगै उडाएको बताएका छन।अमेरिकी सेनाले एक विज्ञप्तिमा भनेको छ, "क्षेत्रीय खतराहरूलाई रोक्न र प्रतिकार गर्नको लागि संयुक्त क्षमताहरू प्रदर्शन गर्नको लागि यो अभ्यास गरिएको थियो।" जापान र संयुक्त राज्य… पुरा पढौ

रूपन्देही रुद्रपुरकी ३६ वर्षीया इशा थापाको जापानमा निधन

नेपालको रूपन्देही रुद्रपुर घर भई हाल जापानको राजधानी टोकियोस्थित कोइवामा बस्ने एक नेपाली महिलाको निधन भएको छ ।जापानमा परिवार संगै बस्दै आएकी ३६ वर्षीय ईशा थापाको क्यान्सर रोगको उपचारको क्रममा बिहिबार निधन भएको हो । ७ वर्षअघि श्रीमानको डिपेन्डेन भिषामा जापान आएकी थापा हाल एक छोरा र श्रीमान संगै जापानमा बस्दै आएकी थिइन । बिगत ६ वर्ष देखि क्यान्सर जस्तो घातक रोग संग लडि रहेकी स्वर्गीय थापा नेपालमा पेटको क्यान्सरको सफल उपचार पछि जापान आइ नियमित स्वास्थ्य परीक्षण गरिरहेकी थापा… पुरा पढौ

गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्न एनआरएनए युकेको माग

लण्डन-गैर आवासीय नेपाली संघ बेलायतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र दिंदै गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्न माग गरेको छ ।हाल बेलायत भ्रमणमा रहेका मन्त्री पौडेललाई आफ्नै कार्यालयमा स्वागत गर्दै संघले एक ज्ञापनमार्फत गैरआवासीय नेपालीहरुलाई नेपालको नागरिकताबाट बन्चित गराउने खालका नेपालको संविधान तथा कानुनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गर्न पनि माग गरेको छ ।अध्यक्ष प्रेम गाहा मगरले मन्त्रीलाई ज्ञापन पत्र हस्तानतरण गरेका हुन् । अध्यक्ष गाहा मगर र उपाध्यक्ष नारायणदत्त कंडेलले हस्ताक्षर गरेको… पुरा पढौ

जापानको टोकियोसहित २० वटा शहरमा प्रदर्शन हुने नेपाली चलचित्र कबड्डी-४ को लागि अनलाइनमार्फत टिकट बुकिङ खुला

नेपालमा चलचित्र प्रदर्शनको केहिदिनको टिकट हाउसफुल विक्रि भइसकेको कबड्डी-४ चलचित्र जापानमा पनि हाउसफुल हुने देखिएको छ । चलचित्र प्रदर्शनको १० दिन बाँकी रहँदा जुन ५ तारिख टोकियोमा प्रदर्शन हुन लागेको चलचित्रको ७० प्रतिशत टिकट विक्रि भइसकेको छ । चलचित्रको टिकट खरिद गर्न चाहनेहरुको लागि सहजको लागि आयोजकले अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाएको छ । जापानको लागि कबड्डी चलचित्र प्रदर्शनको अधिकार पाएका युवा व्यवसायी सुवास लामिछानेका अनुसार टोकियो मात्र नभएर जापानभर प्रदर्शन हुन लागेको शहरमा कम्तिमा ५० प्रतिशत टिकट विक्रि… पुरा पढौ

वसन्त गौचनले टोकियो लिगको युथ टोली सम्हाले

नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबलर, प्रशिक्षक बसन्त गौचनले टोक्योमा अवस्थित चोफुओच्का सकर क्लबको युथ टोली सम्हालेका छन् । चोफुओच्काले युथमा टोकियोको टी लिग खेल्छ । कोभिड–१९ का कारण यसपटक ढिला गरी यो लिग सुरु भएको छ ।गौचनका अनुसार अप्रिल देखि टी लिग सुरु भइसकेको छ । चोफुओच्काले तीन खेल खेलिसकेको छ । एक खेल जितेको, एक खेल हारेको, एक खेल बराबरीमा छ । टी लिगमा ६८ टोली छन् र विभिन्न समूह बनाएर वर्ष भरी लिग खेल्ने छ । चोफुओच्काले बसन्तलाई एक… पुरा पढौ

नागरिकता विधेयक छिट्टै टुंगोमा पु-याउने सरकारको नीति स्वागतयोग्यः आचार्य

लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा विचाराधीन नागरिकता विधेयक छिट्टै टुंगोमा पु-याउने उल्लेख भएबाट आफूहरु उत्साहित भएको बताएका छन् । 'यसबाट लामो समयदेखि थाती रहेको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छिट्टै कार्यान्वयनमा आउने हामीले विश्वास लिएका छौं', आचार्यले एक विज्ञप्तिमार्फत भनेका छन्, 'नीति तथा कार्यक्रममा आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने र गैरआवासीय नेपाललाई डिजिटल परिचय पत्र… पुरा पढौ

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै फेरि फेरि बढ्यो सवारी साधनको भाडा (भाडादरसहित)

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै लामो दूरीका सार्वजनिक यातायातको भाडा फेरि बढेको छ।  यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ। वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १५३ रहेकामा हाल रु… पुरा पढौ

क्वाडको विश्व शिखर बैठक चलिरहेको समयमा रुसी र चिनियाँ लडाकु जेट विमानहरू जापानको आकाशमा आएपछि….

जापानको टोकियोमा क्वाड शिखर बैठक चलिरहँदा चिनियाँ र रुसी विमान आफ्नो हवाई क्षेत्र नजिक आएपछि त्यसलाई छेक्न जापानले हतारहतार आफ्ना लडाकु विमान उडाएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिज टोकियोमा भएकै बेला रुस र चीनले उत्तेजना फैल्याउन यस्तो प्रयास गरेको रक्षा मन्त्री नोबुओ किशीले बताए ।यससम्बन्धी गम्भीर चासो रुस र चीन दुवैलाई कूटनीतिक माध्यमबाट पठाइसकिएको रक्षामन्त्री किसीले बताएका छन्।उनले टोकियोमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका नवनिर्वाचित नेता एन्थोनी… पुरा पढौ

चिनको बढ्दो प्रभावलाई रोक्न इन्डो-प्यासिफिक क्षेत्रमा ५० अर्ब डलरभन्दा बढीको पूर्वाधार सहायतामा लगानी गर्ने क्वाडको बाचा

चिननको बढ्दो प्रभावलाई रोक्न अमेरिका, जापान, भारत र अस्ट्रेलियाले इन्डो-प्यासिफिक क्षेत्रमा आगामी ५ वर्षमा भित्रमा पूर्वाधारमा ५० अर्ब डलरभन्दा बढीको पूर्वाधार सहायता लगानी विस्तार गर्ने बाचा गरेका छन् ।टोकियोमा ‘क्वाड’ शिखर बैठकपछि उनीहरुले यस्तो घोषणा गरेका हुन्। क्वाड चीनको बढ्दो आर्थिक र सैन्य शक्तिलाई टक्कर दिन गठित अनौपचारिक गठबन्धन हो। बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्टोनी अल्बानिज र जापानी प्रधानमन्त्री फुमियो किसिदा सहभागी थिए। अस्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्टोनी अल्बानिज,अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय… पुरा पढौ

सरकारले ल्यायो आगामी वर्षको नीति तथा कार्यक्रम, के–केलाई प्राथमिकता? (पूर्णपाठ)

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। सरकारले ल्याएको यो नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी जेठ १५ गते बजेटको व्यवस्था गर्नेछ।  नयाँ आर्थिक वर्षका लागि सरकारले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, उद्योग व्यवसायजस्ता क्षेत्रलाई केन्द्रित गर्दै कार्यक्रम सार्वजनिक गरेको हो।   यस्तो छ पूर्णपाठ  पुरा पढौ