गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्न एनआरएनए युकेको माग

-


     जनहित न्युज    
     जेठ १२ गते २०७९


लण्डन-गैर आवासीय नेपाली संघ बेलायतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र दिंदै गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्न माग गरेको छ ।
हाल बेलायत भ्रमणमा रहेका मन्त्री पौडेललाई आफ्नै कार्यालयमा स्वागत गर्दै संघले एक ज्ञापनमार्फत गैरआवासीय नेपालीहरुलाई नेपालको नागरिकताबाट बन्चित गराउने खालका नेपालको संविधान तथा कानुनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गर्न पनि माग गरेको छ ।
अध्यक्ष प्रेम गाहा मगरले मन्त्रीलाई ज्ञापन पत्र हस्तानतरण गरेका हुन् । अध्यक्ष गाहा मगर र उपाध्यक्ष नारायणदत्त कंडेलले हस्ताक्षर गरेको उक्त ज्ञापनमा सम्पत्तिको सुरक्षा, भूतपूर्व गोरखा सैनिकहरुलाईन्याय, लगानी मैत्री वातावरण निर्माण, अध्ययनका लागि बेलायत आउने विद्यार्थीका समस्या समाधानआदि उल्लेख छ ।

ज्ञापन जस्ताको तस्तै:

Gyapan-Patra-Final

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?