जापानको टोकियोसहित २० वटा शहरमा प्रदर्शन हुने नेपाली चलचित्र कबड्डी-४ को लागि अनलाइनमार्फत टिकट बुकिङ खुला

-


     जनहित न्युज    
     जेठ १२ गते २०७९


नेपालमा चलचित्र प्रदर्शनको केहिदिनको टिकट हाउसफुल विक्रि भइसकेको कबड्डी-४ चलचित्र जापानमा पनि हाउसफुल हुने देखिएको छ ।

चलचित्र प्रदर्शनको १० दिन बाँकी रहँदा जुन ५ तारिख टोकियोमा प्रदर्शन हुन लागेको चलचित्रको ७० प्रतिशत टिकट विक्रि भइसकेको छ । चलचित्रको टिकट खरिद गर्न चाहनेहरुको लागि सहजको लागि आयोजकले अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाएको छ ।

जापानको लागि कबड्डी चलचित्र प्रदर्शनको अधिकार पाएका युवा व्यवसायी सुवास लामिछानेका अनुसार टोकियो मात्र नभएर जापानभर प्रदर्शन हुन लागेको शहरमा कम्तिमा ५० प्रतिशत टिकट विक्रि भइसकेको छ । हाल जापानको २० वटा शहरमा प्रदर्शन तय भइसकेको बताउँदै लामिछानेले करिव तीन बर्षपछि जापानमा नेपाली चलचित्र प्रदर्शन गर्न लागेको त्यसमा पनि यो बर्षकै धेरै पर्खाइको चलचित्र बनेकाले जापानवासी नेपालीहरुको उत्साहजनक साथ र उपस्थिति देखिएको बताए ।

टोकियोको नाकानो जेरो हलमा प्रदर्शन गर्ने तय भएको कबड्डी-४ चलचित्र जापानमा मात्र नभएर युरोप, अमेरिका सहित विश्वका दुई दर्जन देशमा प्रदर्शन हुने भएको छ । विदेशमा प्रदर्शन विक्रि गरेरै चलचित्र निर्माताले चलचित्रको लगानी उठाइसकेको बताएको चलचित्रले नेपालमा अहिलेसम्मकै धेरै व्यापार गरेको बताइएको ईण्डियन चलचित्र जेजिएफ २ भन्दा धेरै शो पाएको छ ।

नेपाली रोमान्टिक कमेडी चलचित्र ‘कबड्डी-४ : द फाइनल म्याच’मा लोकप्रिय कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा अधिकारी, लाल शोभा गुरुङ, प्रकाश घिमिरे, चिनिमाया गुरुङ, उपेन्द्र सुब्बा लगायतको अभिनय रहेको छ ।

चलचित्र नेपालमा जेठ १३ गते देशभरका हलहरुमा एकसाथ प्रदर्शन हुँदैछ । कबड्डी सन् २०१३ को अधिक कमाउने र दर्शकहरुले अत्यधिक रुचाएको चलचित्र बनेको थियो ।

जापानमा यो चलचित्र राजधानी टोकियो सहित, कोबे ओसाका, नागोया, शिजुओका, चिबा, फुकुओका लगायत २० शहरमा चलचित्र प्रदर्शन तय भएको छ ।

राजधानी टोकियोको नाकानो जेरो हलमा चलचित्र जुन ५ तारिख आईतवार साँझ ६ बजे प्रदर्शन हुने छ । टिकट बुकिङ तिब्र रुपमा भइरहेकाले प्रदर्शनको मिति अगावै टिकट सबै बिक्री हुनसक्ने भएकाले टिकट लिन चाहनुहुने व्यक्तिहरुलाई अनलाइनबाट चलचित्र लिन चलचित्र प्रदर्शनको व्यवस्थापन गरिरहेका सुवास लामिछानेले आग्रह गरे ।

कोभिड संक्रमणपछि पहिलो पटक जापानमा चलचित्र प्रदर्शन हुन लागेकोमा जापानवासी नेपालीहरुले फिल्म हलमा जस्तैगरी ठूलो पर्दामा साथीभाईहरु सहित सयौंको संख्यामा नेपालीहरुबिच बसेर रमाइलो लिन पाउने भएकोले पनि उत्साहित देखिएको पाइन्छ ।

चलचित्रको प्रदर्शनको बारेमा जानकारी दिनको लागि मे २९ तारिक पत्रकार सम्मेलन गरिने लामिछानेले बताए ।

दर्शक क्षमता भन्दा बढि राख्न नपाईने र एउटा मात्र शो प्रदर्शन गरिने भएकाले तपाईंपनि उक्तदिन चलचित्र हेर्न चाहनुहुन्छ भने

यहाँ क्लिक गरेर टिकट बुकिङ गराउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?