रूपन्देही रुद्रपुरकी ३६ वर्षीया इशा थापाको जापानमा निधन

-


     जनहित न्युज    
     जेठ १२ गते २०७९


नेपालको रूपन्देही रुद्रपुर घर भई हाल जापानको राजधानी टोकियोस्थित कोइवामा बस्ने एक नेपाली महिलाको निधन भएको छ ।
जापानमा परिवार संगै बस्दै आएकी ३६ वर्षीय ईशा थापाको क्यान्सर रोगको उपचारको क्रममा बिहिबार निधन भएको हो ।

७ वर्षअघि श्रीमानको डिपेन्डेन भिषामा जापान आएकी थापा हाल एक छोरा र श्रीमान संगै जापानमा बस्दै आएकी थिइन । बिगत ६ वर्ष देखि क्यान्सर जस्तो घातक रोग संग लडि रहेकी स्वर्गीय थापा नेपालमा पेटको क्यान्सरको सफल उपचार पछि जापान आइ नियमित स्वास्थ्य परीक्षण गरिरहेकी थापा पछिल्लो समय बिरामी भै जापानको टोक्यो कु कोईवामा रहेको एदोगावा क्यान्सर हस्पिटलमा केमो थेराईपीद्वारा उपचार गरिरहेको थियो ।
बुधबार साँझबाट स्वास्थ्यमा झन समस्या भै सास फेर्न कठिन भएपछी अस्पतालले परिवारलाई भेंटन बोलाएको थियो ।
लामो समय क्यान्सरसँग लडिरहेकी थापाको बिहिबार बिहान अस्पतालले मृत घोषणा गरेको थियो । मृतक थापाको पार्थिव शरीरलाई शुक्रवार भोली जापानमैं दाहसंस्कार गरिने नेफिन जापानका उपाध्यक्ष रित रानाले जानकारी दिएको मातृसन्देश डटकमले आफ़्नो समाचारमा लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?