
ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली निर्वाचित भएका छन । गठबन्धनबाट माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालको लागि निर्वाचित भएका हुन् ।
नेपाली यस अघि पनि नगरको प्रमुख थिए । उपप्रमुखमा गठबन्धनका तर्फबाट काँग्रेसका धनबहादुर कायत निर्वाचित भएका छन् ।
नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५मत प्राप्त गरेका छन् ।
नगरपालिकाको उपमेयरमा पाँच दलीय गठबन्धनका धनबहादुर कायत विजयी भएका छन् । नेपाली काँग्रेसका कायतले ५ हजार ६५० मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहकी ताराकुमारी पुनले ४ हजार ४८४ मत प्राप्त गगरेकी छन् । उनलाई एमालेले समर्थन जनाएको थियो ।



