काठमाडौंमा बालेनको दोब्बर मतसहित अग्रता कायमै

-


     जनहित न्युज    
     जेठ १ गते २०७९


काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणना अनुसार शाहले ४ हजार २ सय ५९ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले २ हजार २ सय ३७ मत ल्याएर पछ्याइरहेका छन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार १८ मत पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?