
जापानको नागोया शहरमा नेपालबाट आएका विद्यार्थीको समस्या र समाधान बारेमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा उपस्थित अधिकांश विधार्थीले आफूहरूलाई एउटै कोठामा धेरै विद्यार्थीहरु कोचेर राखेको गुनासो गरेका थिए । जुन नेपालीहरुले सञ्चालन गरेको होस्टलमा यो समस्या अधिक रहेको बताएका थिए। उनीहरुले जापानमा अरुबाट नभई नेपालीले नेपालीबाटै ठगिन परेको पिडा व्यक्त गरेका थिए।

जापानमा नेपालीका निम्ति भनेर खोलेका संघ – संस्थाको ध्यान त्यस तर्फ जान पर्ने उनीहरूको आग्रह रहेको थियो। जापान आएको महिनौं सम्म पनि काम नपाउनु अर्कों प्रमुख समस्याको रूपमा रहेको अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थीले बताएका थिए । कोभिड-१९ को महामारीको कारण जापानमा आउन लामो समय जापानको सीमा बन्द रहेर हालैं विद्यार्थी आउन खुल्ला भए पछि एकै चोटी धेरैको संख्यामा विद्यार्थीहरु जापान आएकोले केहि अलि बढ़ी समस्या झेल्नु परेको जानकारहरु बताउँछन ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा एनआरएनएका अध्यक्ष डा बद्रि केसीले जुम मार्फत कार्यक्रमको शुभकामना व्यक्त गरेका थिए भने विषेश अतिथिको रुपमा एनआरएनएका उपाध्यक्ष गोविन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रम व्यवस्थापनको क्रममा एनआरएनएका नेताहरुबिच असमझदारी भएको देखिन्थ्यो । मन्तव्य राख्ने क्रममा एनआरएनएका उपाध्यक्ष गोबिन्द्र श्रेष्ठले आफु एनआरएनएबाट नभई नागोया बासीको तर्फबाट कार्यक्रममा उपस्थित भएको बताएका थिए। उनले उपस्थित विद्यार्थीहरुलाई रोजगारीको आस्वाशन दिए भने एनआरएनए आइसिसि सदस्य दिपक कार्कीले समस्यामा परेका हरेक नेपालीलाई आफुहरुले सहयोग गरिरहको र भविश्यमा पनि गर्ने बताए।

कार्यक्रममा नेपाल विद्यार्थी समाज जापानका अध्यक्ष अजय रानाले जापानको सामान्य कानुनको बारेमा चर्चा गरेका थिए। नायोयामा हालै सञ्चालित तोकाई बाटिका ईन्टरनेशनल स्कूलका अध्यक्ष डा सुदिप अधिकारीले विधार्थीले कसरी जापानमा छात्रावृति पाउने भन्ने बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए।
एनआरएनए एसिया प्यासिफिक संयोजक समेत रहेका पारशमणि पोख्रेलले जापानमा रहदा मानिसक र शारिरिक रुपमा कसरी सक्षम रहने भन्ने बारेका धारणा राखेका थिए। त्यस्तै नागोयाको वडा कार्यलयमा कार्यरत मनोज ढुंगानाले जापानमा विद्यार्थीको लागि व्यक्तिगत स्वास्थ्य बिमाको आवश्यकता र महत्वका बारे प्रकाश पारेका थिए। जापानमा विद्यार्थी भिषामा आएर यहि पिएचडि गरेका अर्का वक्ता डा सरोज कँडेलले जापानमा नेपाली विद्यार्थीको सुन्दर भविश्यको बारेमा धारणा राखेका थिए। कार्यक्रममा कम्पनीहरुमा काम लगाउने जापानीज र नेपाली प्रतिनिधीहरुले जापानमा रोजगारीका अवशर र कामको बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा आयोजकले सोचे भन्दा बढि संस्थामा विधार्थीहरु उपस्थिति भएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मे – हम्मे परेको थियो। हामीले सोचे भन्दा बढि सहभागी आएकोले व्यवस्थापन गर्न केहि गाह्रो भएको हो , र पनि राम्रो व्यवस्थापन गरौं एनआरएनए , नागोयाका उपाध्यक्ष कुशल पौडेलले भने। कार्यक्रमको आयोजना एनआरएनए जापान , क्षेत्रीय समिति नागोया र नेपाली विद्यार्थी समाज जापानले संयुक्त रुपमा गरेका थिए।
कार्यक्रमको समापनको क्रममा कार्यक्रम सफल पार्न योगदान पुऱ्याउने महानुभावहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रम एनआरएनए नागोयाका संयोजक मनोजबम मल्लको अध्यक्षता सम्पन्न भएको थियो। एनआरएनए नागोयाका सचिव विष्णु बहादुर कार्कीले सञ्चालन गरेको औपचारिक कार्यक्रमको सहजिकरण भने एनआरएनए जापानका सचिव श्याम शितलले गरेका थिए।



