जापानमा बाग्लुङ बिंहुका कंडेलको हृदयघातबाट निधन

-


     जनहित न्युज    
     जेठ ३० गते २०७९


जापानमा फेरि अर्का एक नेपालीको निधन भएको छ । परिवार सहित जापानको साईतामा प्रान्तको तोकोरोजावामा बस्दै आएको निलकन्ठ कडेलको आईतबार विहान हृदयघात भई मृत्यु भएको हो ।

श्रीमती र २ छोरीहरु सहित जापानको साईतामा बस्दै आएका ४१ वर्षीय कडेलको आईतबार विहान घरमा बेहोस भएपछि उनको निधन भएको बताईएको छ । कडेलको १४ वर्षीय छोरा भने नेपालमा नै रहँदै आएको नेपाल न्यूज पोष्टले आफ़नो समाचारमा लेखेको छ ।

बाग्लुङ जिल्ला काठेखोला ६ बिहुँ हटिया ठेगाना भएका कडेल कुक भिषामा बिगत ९ बर्षदेखि कार्यरत रहेका थिए । परिवारले दिएको जानकारी अनुसार आज (सोमबार) २: ३० बजे मृतक कडेलको टोकियोको गोतान्दामा अन्त्येष्टि गरिनेछ ।
जापानमा यस (जुन ) महिनाको दोश्रो साता नबित्दै कडेल सहित ३ जना नेपालीहरुको निधन भईसकेको छ । मे महिनामा पनि ४ ओसाका, नागोया तथा टोकियोमा गरि ४ जना नेपालीहरुको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?