जापानी राजदूत यूताकाद्वारा सुरक्षा निकायका अधिकारीसँगको भेटवार्तामा तिव्रता

-


     जनहित न्युज    
     जेठ २८ गते २०७९


काठमाडौं- जापानी राजदूत एचई श्री किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा भेटवार्ता भएको छ ।

भेटमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालनको बारेमा जानकारी गराइएको थियो । त्यसैगरी नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहनुको साथै  विपद् व्यवस्थापनमा अहम भूमिका रहेको तथा जापानसँग विभिन्न क्षेत्रमा सहकार्यको सम्भावनको बारेमा समेत जानकारी गराइएको थियो ।

सोही अवसरमा जापानी राजदूतको तर्फबाट नेपाल र जापानबीचको सम्बन्ध, नेपाललाई सधैँ सहयोग गर्न तयार रहेको तथा सशस्त्र प्रहरी बल नेपाको कार्यादेश तथा परिचालन र विपद् व्यवस्थापनमा जापान र नेपालको अवस्था तथा सहकार्यको सम्भावनहरुबारेमा समेत कुराकानी भएको थियो ।

उक्त भेटवार्ता कार्यक्रममा जापानी राजदूतावासका केन्जी योसमुरा र डा। शोभना बज्राचार्य तथा सशस्त्र प्रहरी नायव महानिरक्षिक बिदुर खड्काको समेत सहभागीता रहेको थियो ।

शुक्रबार मात्र प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको थियो ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको छ। 

सेनाले यस किसिमको भेटघाटले दुई मुलुकबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?