तमु धीँ जापानको २४औं रोधीं साँझ २०२२ को लागि चर्चित गायक राजु लामा जापान आउदै

-


     जनहित न्युज    
     जेठ ३० गते २०७९


तमु धीँ जापानको आयोजनामा २४औं रोधीं साँझ २०२२ मा अगस्ट २१ तारिख आईतबार टोकियोमा भब्य रुपमा मनाउने भएको छ । २४औं रोधीं साँझ २०२२ मा अगस्ट २१ तारिख टोकियोमा भब्य रुपमा मनाउन लागेको तमु धीँको महासचिव खेम तमुले जानकारी दिए ।
२४औं रोधीं साँझ २०२२ मा नेपाली चर्चित गायक मंगोलिय हर्टका राजु लामाको प्रस्तुती हुने भएको छ । तमु धीं जापानको आयोजनमा वार्षिक दुई कार्यक्रम आयोजना मध्ये रोधीं साँझ एक कार्यक्रम हो । जनवरीमा ल्होसार साँझ र अगष्टमा रोधीं साँझ हुने गर्दछ, यो वर्षको रोधीं सॉझ सम्पन्न गर्न तमुधी जापानका उपाध्यक्ष चित्र गुरुङको संयोजक रहेको समिति बनाई तयारी थालेको छ ।

कोरोना कहरका कारण २ बर्षयता गर्न नसकेको रोधीं साँझ तताउनलाई नेपालको द भ्वाईस अफ नेपाल सिजनका कोच, भर्खरै विश्वको सर्वच्व शिखर सगरमाथा आरोहण गरि फर्किएका नेपाली गीत संगितमा प्रख्यात नाम मंगोलियन हर्टका भोकलिष्ट राजु लामा सहभागी हुने संयोजक चित्र गुरुङले बताए ।

लामासँगै जापानमा लोकप्रिय व्याण्ड “द मर्करी व्याण्ड” ले दर्शकलाई झुमाउने भएको छ । गुरुङ जातिमा साँस्कृतिक चार्डको रुपमा मनाउने रोधींलाई पनि संस्कार र संस्कृति संरक्षण गर्न सहयोगि हुने भन्दै प्रत्येक वर्ष आयोजना गरिने तमु धीं जापानको अध्यक्ष रमेश कुमार गुरुङले जानकारी गराए।

सिन्जुकु खाबुकीच्योमा हुन गईरहेको जापानवासी तमुहरुको ऐतिहासिक कार्यक्रम भएकोले सो दिनमा सम्पूर्ण तमु एवं गैर तमुहरुमा गरिमामय उपस्थितिकोलागि तमु धींले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?