तस्विर समाचार

गलकोट समाज पोखराले बनाउन सुरु गर्यो ’समाजघर’

गलकोट समाज पोखराले एक कार्यक्रम बिच आफ्नो समाजघर निर्माणका लागि जगपुजा( शिलान्यास) सम्पन्न गरेको छ ।पोखराको केन्द्र भाग पर्ने १४ चाउथे रातडांडामा समाजले हालै खरिद गरेको करिव ११ आना जग्गामा स्पोर्ट्स सेन्टर सहितको समाजघर निर्माणका लागि शिलान्यास गरि निर्माणको काम प्रारम्भ गरेको हो । बागलुङको गलकोट क्षेत्रका पोखरामा बसोबास गर्ने पोखरेली गलकोटेहरुको संस्था गलकोट समाज पोखराले करिव २ करोड लगानीमा सो समाजघर बनाउन थालेको हो ।शिलान्यासका लागि घुम्टे पहाडको शिला, दरम र गौदीखोलाको पानी,गाजादहको माटोर ताराखोलाको फ़ुल जगमा राखेर शिल्यास… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ पाँच जनाको नाम सरकारमा पठाउन सिफारिस

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो ।  सरकारमा सहभागी पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पाँच जनालाई सरकारमा पठाउन सिफारिस गरेको छ। समाजवादीले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई पठाएको छ । यससँगै सरकारमा सहभागी मन्त्रीहरू पार्टी कार्यालय पुगेका छन् । पर्यटनमन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा लगायतका मन्त्रीहरू पार्टी कार्यालयमा पुगेका हुन् ।  आज बसेको सचिवालय बैठकमा पार्टीबाट… पुरा पढौ

माओवादीका हरेक सदस्यबाट १०० रुपैयाँ उठाउने!

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयलाई विस्तार गरी व्यवस्थित ढंगबाट सञ्चालन गर्न हरेक सदस्यबाट कम्तीमा एकसय रुपैयाँ उठाउने भएको छ । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले त्यस्तो निर्णय गरेको हो । आठ लाख पार्टी सदस्यहरूबाट कम्तीमा एकसय रुपैयाँ एक महिनाभित्रै संकलन गरिने माआवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए । त्यसैगरी पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई नयाँ ढंगले अघि बढाउन राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।… पुरा पढौ

विद्यार्थी भिषामा २ हप्ता अघि मात्र जापान आएका एक युवक कोठामा मृत फेला

विद्यार्थी भिषामा दुई हप्ता अघि मात्र जापानको नागोयामा आएका एक नेपालीको निधन भएको छ ।नागोयाको नागोया सि स्थितमा ईएसएल जापानी भाषा स्कुल पढ़ने  ती नेपाली युवाले आफ्नै कोठामा ज्यान लिएको स्रोतले जानकारी दिएको छ । हाल मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको काम भइरहेको बुझिएको छ ।नेपालको प्यानेसिया एजुकेशन फाउन्डेशन नयाँ वानेश्वर काठमाडौंबाट गत में २३ तारिख जापान आएका सुदूरपश्चिम प्रदेशमा घर भएका विक थरका उनी कोभिड महामारिपछि हालैमात्र जापानको भाषा विद्यार्थीको रुपमा जापान अध्ययनका लागि आएका थिए ।… पुरा पढौ

गठबन्धन गरेर चुनाव जितिएला तर देश बन्दैन: एमाले महासचिव पोखरेल​​

ललितपुर, २१ जेठ , नेकपा एमालेका महासचिव शंकर पोखरेलले दलहरुबीचको गठबन्धन चुनाव जित्नका लागि काम लागेपनि मुलुक निर्माणका लागि काम नलाग्ने बताउनु भएको छ । ​गठबन्धनबाट मुलुक बन्दैन भन्ने कुरा विश्वका धेरै मुलुकमा प्रमाणित भएको कुरा हो, हाम्र्र्र्रै देशमा हेर्ने हो भने पनि एमालेलाई सक्ने उद्देश्यका साथ बनेको गठबन्धन र त्यसको नेतृत्वमा रहेको सरकारले ११ महिनामा गरेका कामबाट मुलुक निर्माणमा गठबन्धन काम नलाग्ने प्रष्ट हुने उहाँको भनाइ थियो ।​​एमाले पार्टी मुख्यालय ललितपुरमा शनिवार सहकारी तथा गरिवी निवारण विभागको पहिलो वैठकलाई… पुरा पढौ

निजगढ बिमानस्थल बन्छ, यो मेरो प्रतिबद्धता भयो : अर्थमन्त्री

बीरगञ्ज, २१ जेठ, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बाराको निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने प्रतिबद्धता जनाउनुुभएको छ ।बीरगञ्ज उद्योग बाणिज्य संघको ४६ आंै साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता जनाउनुभएको हो । ‘निजगढ बिमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’ उहाँले भन्नुभयो, ‘यो सरकारले निजगढ बिमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’उहाँले त्रिभुवन बिमानस्थलको बैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ बिमानस्थल चाहिएको बताउनुभयो । उहाँले निजगढ बिमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै… पुरा पढौ

जापानमा १ सय २० वर्ष यता कै सबैभन्दा कम जन्मदर , गतवर्ष मात्र ६ लाख बढि घट्यो जनसंख्या

जापानमा १ सय २० वर्ष यता कै सबैभन्दा कम शिशु जन्मेको सरकारी तथ्याङ्कले देखाएको छ।२०२१ मा रेकर्ड गरिएको तथ्यांक अनुसार गत वर्ष ८ लाख ११ हजार ६०४ शिशुको मात्र जन्म भएको थियो जुन १८९९ यता कै सबैभन्दा कम भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा भनिएको हो ।जन्मदरका हिसाबले जापान सन् १८९९ मा फर्किएको छ स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने- सन २०२१ मा कम जन्मेको संख्या रेकर्ड देखियो जुन जनसंख्यामा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो । स्वास्थ्य मन्त्रालयले तथ्याङ्क सङ्कलन गर्न थालेपछिको यो… पुरा पढौ

जापान मै पहिलो पटक टोकियोले विदेशीहरूलाई ब्यूटिसियनको रूपमा काम गर्न अनुमति दिने

जापानमा नै पहिलो पटक टोकियो महानगरीय सरकारले विदेशीहरूलाई ब्यूटिसियनको रूपमा काम गर्न अनुमति दिने भएको छ ।विदेशीहरूलाई राष्ट्रिय नियमन योजना प्रयोग गरी अक्टोबरदेखि देशको सौन्दर्य उद्योग अन्तर्गत रहेर पहिलो पटक सौन्दर्यकर्मीको रूपमा काम गर्न अनुमति दिन लागिएको टोकियोकी गभर्नर युरिको कोइकेले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइन ।जापानको सौन्दर्य विद्यालयमा ब्यूटीशियन र स्टाइलिस्ट बन्ने सीप आर्जन गरेका विद्यार्थी भिसामा रहेका विदेशी नागरिकहरूलाई अनुभव प्राप्त गर्न पाँच वर्षसम्म फिल्डमा काम गर्न अनुमति दिइने गभर्नर कोइकेले जानकारी दिइन । "जापानको सौन्दर्य उद्योग संसारमा… पुरा पढौ

जापानको सेन्दाइमा ‘सेन्दाई विद्यार्थी समूह’को प्रथम अधिवेशन जुलाई १८ मा हुदै

जापानको मियागी केनको सेन्दाइ शहरमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई एकीकृत गरी उनीहरुको सहयोगमा रचनात्मक कार्य गर्दै आइरहेको ‘सेन्दाई विद्यार्थी समूह’को प्रथम अधिवेशन हुने भएको छ । सन २०२० देखि विद्यार्थीका समस्यालाई मध्यनजर गर्दै सबै विद्यार्थीलाई एक हुन आह्वान गरि सेन्दाई विद्यार्थी समूहले म्यासेंजर ग्रूप बनाएर सहयोग आदानप्रदान गर्दै आइरहेको सो समूहले व्यवस्थित रूपमा संगठित भै कार्य गर्नका लागि जुलाई १८ मा अधिवेशन गर्न लागिएको कार्यक्रम संयोजक गोकर्ण रूपाखेतीले जानकारी दिए । “कोरोनाको महामारीका कारण अन्य क्षेत्रमा जस्तै सेन्दाईमा पनि विद्यार्थीको दैनिकी… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १० रुपैयाँ घट्यो 

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको निगमले जनाएको छ ।अब उपभोक्ताले पेट्रोल लिटरको १७० र डिजल तथा मट्टितेल लिटरको १५३ रुपैयाँमा पाउनेछन् सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय… पुरा पढौ