जापानमा नव आगन्तुक विद्यार्थीको सहजताका लागि आरुबाइतो सेचुमेइकाइ ( アルバイト説明会) कार्यक्रम गरिदै

-


     जनहित न्युज    
     जेठ २४ गते २०७९


कोरोनाको महामारी पछि ठूलो संख्यामा नेपाली विद्यार्थीहरू जापानमा भाषा अध्ययनको लागि आएको सन्दर्भलाई ध्यानमा राखेर गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति नागोया र नेपाली विद्यार्थी समाज (नेसाज)को संयुक्त आयोजनामा आईतबार पार्ट टाइम जब (आरुबाइतो सेचुमेइकाइ ) सम्बन्धी जानकारीमूलक कार्यक्रम गर्न लागेका छन नया विद्यार्थीहरूमा देखिएको पार्ट टाइम जब (बाइतो) सम्बन्धी समस्यालाइ मध्यनजर गर्दै विभिन्न हाकेन खाइस्याका आधिकारीक व्यक्तिहरुको सहभागितामा आरुबाइतो सेचुमेइकाइ ( アルバイト説明会) तथा जापान बसाईमा गर्नुपर्ने आधारभुत प्रकृयाहरुको बारेमा जानकारीमूलक कार्यक्रम गर्न लागिएको एनआरएनए नागोयाका संयोजक मनोज बम मल्लले बताए ।
जापानको बसाई यहाँका आधारभूत नीति नियमका साथमा विशेष गरेर पार्ट टाइम जब (बाइतो) को खोजीका लागि अपनाइनु पर्ने तरिका, भरिनुपर्ने फारम लगायत विषयमा नया विद्यार्थीलाई आवश्यक जानकारी र सूचना प्रदान गर्ने गरि कार्यक्रमको तय गरिएको संयोजक मल्लले बताए । उनले यस समयलाइ अवसरको रुपमा लिदै नव आगन्तुक विद्यार्थीहरूलाई उपस्थित हुनको लागि समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?