विद्यार्थी भिषामा २ हप्ता अघि मात्र जापान आएका एक युवक कोठामा मृत फेला

-


     जनहित न्युज    
     जेठ २२ गते २०७९


विद्यार्थी भिषामा दुई हप्ता अघि मात्र जापानको नागोयामा आएका एक नेपालीको निधन भएको छ ।
नागोयाको नागोया सि स्थितमा ईएसएल जापानी भाषा स्कुल पढ़ने  ती नेपाली युवाले आफ्नै कोठामा ज्यान लिएको स्रोतले जानकारी दिएको छ । हाल मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको काम भइरहेको बुझिएको छ ।
नेपालको प्यानेसिया एजुकेशन फाउन्डेशन नयाँ वानेश्वर काठमाडौंबाट गत में २३ तारिख जापान आएका सुदूरपश्चिम प्रदेशमा घर भएका विक थरका उनी कोभिड महामारिपछि हालैमात्र जापानको भाषा विद्यार्थीको रुपमा जापान अध्ययनका लागि आएका थिए । हाल मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको काम भइरहेको बुझिएको छ ।
मृतकको शव जुन ५ तारिख आइतबार बिहान कोठामा फेला परेको हो । घटनाको प्रकृति हेर्दा उनले आफैँले आफ्नो ज्यान लिएको देखिएको प्रहरीले बताएको स्रोतले जानकारी दिएको छ ।
नेपाल स्थित परिवारमा जानकारी गराउने क्रममा रहेकाले मृतक व्यक्तिको विवरण गोप्य राखिएको छ ।

स्रोतका अनुसार शनिवार मात्र कामको लागि इण्टरभ्यु र मंगलबारबाट कामको फिक्स गरेका विक थरकाले नेपालमा पनि भर्खर बिहे गरेर जापान आएका थिए । उनले के कारणले मृत्युको बाटो रोजे अनुसन्धान भैरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?