
जापानका लागि नेपाली राजदूतावासका नव नियुक्त महामहिम राजदूत दुर्गाबहादुर सुवेदीले आफ्नो कार्यभार सम्हाले संगै ‘आजको काम आज़ै भोलि नभन्ने नीति( No Tomorrow Policy)’ अवलम्बन गर्ने भएका छन ।
बुधवार जापानको मेगुरो स्थित राजदूताबासको कार्यालयमा आफ़नो पदबहाली संगै राजदूत सुबेदीले नेपाल सरकार र जापानस्थित नेपाली राजदूताबासप्रति नेपाली नागरिकहरूको सकारात्मक भावना अभिवृद्धि गर्नका लागि यहाँबाट प्रदान गरिने सेवालाई छिटो छरितो र सरल बनाइनका लागि बुधवारबाट नै लागु हुने गरि ‘आजको काम आज़ै भोलि नभन्ने नीति( No Tomorrow Policy)’ अवलम्बन गरिएको प्रेस नोट जारी गर्दै जानकारी गराइएको हो ।

जारी गरिएको प्रेस नोटमा राजदूताबासले प्रदान गर्ने राहदानी, प्रावेशाज्ञा, वारेसानामा, काग़ज़ातको प्रमाणीकरण लगायतका सेवालाई सरल, सहज, सुलभ र जनमैत्री बनाउन आवश्यक प्रक्रिया पुरा भै काग़ज़ात पेश भएको अवस्थामा ‘आजको काम आज़ै भोलि नभन्ने नीति( No Tomorrow Policy)’ अनुरूप कार्य सम्पादन गरिने उल्लेख गरिएको छ ।


हाल जापानमा विभिन्न पेशा, व्यावसाय, अध्ययन , पारिवारिक भिषामा गरि करिब १ लाख नेपालीको बसोबास रहेको छ । नेपालीको उपस्थिति बढिरहेको सन्दर्भमा जापान स्थित नेपाली राजदूताबासले प्रदान गर्ने सेवाको क्षेत्र पनि बढ़ने भएपनि नेपाली नागरिकले टेलिफ़ोनद्वारा सोधपुछ गर्दा सो सेवा व्यवस्थित नभएको गुनाहों छ । यसका बारेमा दूतावासको जवाफ कर्मचारीको सख्यामा कमीका कारण टेलिफ़ोनबाट प्रभावकारी सेवा प्रदान गर्न नसकिएको बताउने गरेको छ ।



