१२ औ नेपाल फेस्टीवल: जापान नेपाली एकता समाजको सहभागिता

-


     हेमलाल गौतम     
     श्रावण १७ गते २०७९


जापानमा भर्खरै नेपाल फेस्टीवल सकिएको छ ।यो वर्ष २०२२ को १२औं नेपाल फेस्टीवलमा जापानमा रहेका धेरै सामाजिक संघ संस्थाले सह आयोजक भएर भाग लिने मौका पायो ।त्यसका लागि एनआरएनए जापान ,नेपाली दुतावास र फेस्टीवल आयोजक समितिलाई धन्यबाद नदिईरहन सकिदैन ।

जापान नेपाली एकता समाजले आफ्नो संस्थाको उद्धेश्यमा पनि नेपाल र जापान बिचको असल सम्बन्ध कायम गर्ने , नेपाली कला र संस्कृतिलाई संरक्षण सम्वर्द्दन गर्ने ,नेपाली चाडलाई सामुहिक पर्वका रूपमा मनाउने जस्ता उद्धेश्यहरू राखेको छ । एकता समाजले केही राजनीतिक ,केही सामाजिक र केही साँस्कृतिक एजेण्डाहरू पनि उठाएको छ ।तथापी एकता समाजले कुन एजेण्डालाई कहाँ कसरी उठाउने भन्ने चेतका साथ काम गर्ने संस्था भएकोले समय परिस्थिती र परिवेशको मूल्यांकन गरेर मात्रै कार्यक्रमको तयारी गर्ने गर्दछ ।

नेपाल फेस्टीवल टोकियोमा आयोजना गरिएकोले त्यसमा सहभागिताका लागि टोकियोमा रहनुहुने एकता समाजका जिम्मेवार साथीहरूको महत्वपूर्ण भूमिका रह्यो । त्यसका लागि केन्द्रीय समितिका र टोकियो क्षेत्रीय समितिका साथीहरू धन्यबादका पात्र हुनुहुन्छ ।

एकता समाजको साँस्कृतिक विभाग रक्तिम साँस्कृतिक अभियान जापानको प्रस्तुती रहेकोले रक्तिमका कलाकार साथीहरूको महत्वपूर्ण भूमिका रह्यो ।त्यसका लागि सम्पूर्ण कलाकार साथीहरू बिशेष धन्यबादका पात्र हुनुहुन्छ । आफ्नो ब्यस्त समयका बाबजुद पनि एकता समाजको शानलाई जापानी आकाशमा फहराउनका लागि महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण कलाकार साथीहरू ,पदाधिकारी ,स्वयम्सेवक र दर्शक साथीहरूलाई धन्यबाद नदिईरहन सकिदैन ।

एकता समाजले आफ्नो स्थापना कालदेखि कहिले अरू संस्थाहरूसँग मिलेर त कहिले स्वतन्त्र ढंगले जापानमा रहनुहुने नेपालीहरूका लागि थुप्रै मनोरन्जनात्मक कार्यक्रमहरू गर्दै आईरहेको छ ।तर यसप्रकारको फेस्टीवलमा भाग लिएको यो पहिलो अनुभव हो । तसर्थ कतिपय अनुभवका कमिले हामीले गर्ने तयारीमा केही कमी कमजोरी नभए होलान् भन्न सकिदैन । यदि त्यसप्रकारका केही कमी कमजोरी भएको भए ती कमिकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा अझ शसक्त ढंगले प्रस्तुत हुने प्रण गर्दछौं ।

यो कार्यक्रम एनआरएनए जापान र नेपाली दुताबास जापानको नेतृत्वमा आयोजना गरिएको कार्यक्रम भएकोले पक्कै पनि यसको महत्व र ओझ बढि हुन्छ नै । जापान जस्तो ब्यस्त मुलुकमा कोरोनाको यो विश्वब्यापी महामारीका बिचबाट नेपाललाई जापानी समाजमा चिनाउने खालको कार्यक्रम आयोजना गर्नु आफैमा चुनौतीपूर्ण छ ,थियो र रहन्छ नै । तथापी जापानमा रहेका दर्जनौं संघ संस्था र समूहहरूको सामुहिक सहभागितामा त्यो सम्भव भयो र आगामी दिनमा पनि हुने नै छ ।

यो कार्यक्रमको उद्घाटन गर्न नेपालदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको गरिमामय उपस्थिति रह्यो भने जापान लगायत अन्य देशका कुटनीतिक नियोगको पनि गरिमामय उपस्थिती रह्यो ।त्यसका लागि सबै नेपालीले गौरव अनुभूती गर्नुपर्छ ।

कार्यक्रम स्थल उपलब्ध गराउने नाकानो सि र त्यसको सुरक्षा प्रबन्ध मिलाई दिने सुरक्षा निकाय , बिभिन्न प्राबिधिक र ब्यबहारिक सहयोग गर्ने जापानी महानुभाव र फेस्टीवल अबलोकन गरिदिनुहुने जापानी जनताहरू प्रति एकता समाज आभार प्रकट गर्दछ र बिशेष धन्यबाद दिन चाहन्छ ।

नेपाल फेस्टीवललाई प्रायोजन गरिदिनु हुने बिभिन्न जापानी तथा नेपाली संघ ,संस्था , कम्पनी ,कर्पोरेट कम्पनी , ब्यक्ति-ब्यक्तित्व सबैसबै प्रति सहआयोजकका हिसाबले एकता समाज एकमुष्ठ रूपमा आभार प्रकट गर्दछ ।

नेपाललाई चिनाउने नेपालका परम्परागत रितिरिवाज ,बिभिन्न जातजातीको मौलिक संस्कृति , भेषभुषा ,नेपाली खानाका परिकारहरू ,रहनसहन ,नेपाली मौलिक घर र त्यसको बनावट , लोक भाका ,बिभिन्न खालका मौलिक बाजाहरू ,मौलिक नाच गान ,नेवार ,गुरूङ ,मगर ,तामाङ आदिको जातीगत ,भाषागत तथा क्षेत्रिय परम्परा ,झाँकी आदिले नेपालको समग्र संस्कृति पस्किने मन्च बन्यो यो फेस्टीवल ।

यो फेस्टीवलमा जापानी समुदायले र संसारका अरू मुलुकका दर्शकहरूले पनि गरेको अवलोकनले नेपाली समुदायले अन्य ऐनमौकामा गरिने कार्यक्रममा पनि सहजता प्रदान गर्नेछ भन्ने बिश्वास गर्न सकिन्छ ।यसले नेपालको पर्यटन प्रबर्धनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने बिश्वास लिन सकिन्छ ।

अन्तमा हामी नेपाली संसारको जुन कुनामा गएर बसेपनि नेपाल संबृद्ध नहुने हो भने हामी सम्बृद्ध हुँदैनौ ।हामी प्रकृति , कला र संस्कृतिले धनी छौं ।सोच र ब्यबहारले पनि धनी बन्न सके भएको भौतिक पूर्वाधारले पनि धनी बन्न सकिन्छ । तसर्थ संसारभरिबाटै नेपाल सरकारलाई नैतिक दवाब शृजना गरौं र सुन्दर नेपालको निर्माण गरी संसार सामु पहिचान दिलाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?