जापानको लागि नेपालका आवासीय राजदूत सुवेदी जापान आइपुगे

-


     जनहित न्युज    
     श्रावण १८ गते २०७९


यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा कार्य गरेका नव नियुक्त महामहिम राजदूतको रूपमा डा. दुर्गा बहादुर सुवेदी जापानका लागि नेपालको आवासीय राजदूतका लागि अगस्ट ३ तारिक अर्थात् बुधबार जापान आइपुगेका छन ।

बुधवार जापान आइपुगेका राजदुत सुवेदीलाई टोक्योस्थित नारिता  अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक राजदुत अम्बिका जोशी,द्वितीय सचिव जित बहादुर कार्कीसहित एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल र प्रवक्ता सुभाष लामिछानेले नारिता बिमानस्थलमा स्वागत गरेका थिए ।

एक लाख भन्दा भन्दा बढि नेपालीहरुको समस्या, गुनासो समाधानमा उहाँको कार्यकाल एतिहासिक बन्न सकोस् भन्ने अपेक्षा र शुभकामना व्यक्त गर्दै एनआरएनए जापानका प्रवक्ता लामिछानेले भने – “नेपाल र जापानबिचको सुमधुर सम्वन्ध थप प्रगाढ, जापानी लगानी तथा प्रविधि नेपालमा भित्राउन तथा उच्च स्तरको भ्रमण लगायतमा उहाँले उल्लेखनिय काम गर्नुहुनेछ भन्ने आशा जापानवासी नेपालीहरुले राखेका छौ ।”
नेपाल सरकारको जिम्मेवारी र जापानवासी नेपालीहरुको अपेक्षा अनुसार काम गर्न राजदूत सुवेदीलाई एनआरएनए जापान सदैव हातेमालो गर्न तयार रहेको पनि प्रवक्ता लामिछानेले बताए ।

नव नियुक्त महामहिम राजदूत सुवेदी मन्त्रालयका शिष्टाचार महापाल हुन् । बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्केलगत्तै परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालको जिम्मेवारी पाएका र विदेश पोस्टिङ्गको छोटो अन्तरालमै जापानको लागि राजदूत नियुक्त भएका हुन ।


यस अघि राजदूतको रूपमा रहेकी प्रतिभा राणालाई सरकारले करिब २ दुई वर्ष अघि फिर्ता बोलाएपछि सो पद ख़ाली रहेको थियो ।
कार्यवाहक राजदूतको रूपमा हालसम्म अम्बिकाप्रसाद जोशीले कार्यभार संचालन गर्दै आएका थिए ।
झण्डै तीन दशक परराष्ट्र सेवामा बिताएका झापा ज़िल्लाका सुबेदीले यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत कार्य गरिसकेका छन । त्यस्तै नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा बहराइनमा कार्यवाहक राजदूतको बेलायत र माल्टामा राजदूतको भूमिका निर्वाह गरिसकेका छन् ।

बेलायतका लागि नेपाली राजदूत रूपमा कार्यरत रहदा सुवेदी (दुबसु)लाई दशककै कूटनीतिज्ञको उपाधिद्वारा सम्मानित गरि सकिएको छ । कूटनीतिक क्षेत्रमा सुवेदीले पु¥याएको योगदानको कदर गर्दै उक्त सो उपाधिले उनलाई सम्मान गरिएको थियो । सुवेदीले साहित्यिक र कूटनीतिक दुवै पाटाहरु प्रशंसनीय र उल्लेखनीय कार्य गर्दै आइरहेका छन ।सुवेदीले अन्तर्राष्ट्रिय सम्बन्धमा बेलायतको लिड्स विश्वविद्यालयबाट एमए गरेका छन भने त्रिभुवन विश्वविद्यालयबाट पिएचडी, एमपिएलगायत न्यूयोर्क विश्वविद्यालयबाट एलए र संयुक्त राष्ट्रसंघीय विश्वविद्यालय तथा सोफिया विश्वविद्यालय टोकियो र लुझियानास्थित युनिभसिटी अफ युएसएबाट विभिन्न कोर्षहरु पूरा गरेका छन ।
सुवेदीले ‘आधुनिक नेपालको विदेश नीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका छन्। विभिन्न विधाका आधा दर्जन कृति प्रकाशन तथा सम्पादन गरेका उनी एक दर्जन विद्याका पुरस्कारबाट पुरस्कृत भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?