
गल्कोट समाज जापान क्षेत्रीय समितिका अधिवेशन धमाधम सम्पन्न भैरहेका छन ।
केन्द्रीय समितिको महाधिवेशन आगामी महिनाको १३ तारिकका लागि नागोयामा हुने निश्चित भएसंगै हालसम्म कान्तो, नागोया , कान्साइ, सिजुओका र क्युस्यु क्षेत्रीय समितिका अधिवेशन सम्पन्न भै आगामी कार्यकाल २०२२-२०२४ को लागि नया कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको क्षेत्रीय निर्वाचन सम्पन्न गराउने ज़िम्मेवारी पाएका निर्वाचन संयोजकहरूले जानकारी गराएका छन ।

जुलाई २७ तारिक सम्पन्न सीजुओका क्षेत्रीय समितिको अधिवेशनले अर्जुन जंग बस्नेतको अध्यक्षतामा एक महिला सहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको निर्वाचन समितिका संयोजक कृष्ण केसीले जानकारी दिए ।
निर्वाचित हुने उपाध्यक्षमा यम बहादुर खत्री, बिशाल शर्मा (नबिन), सचिबमा चित्र बहादुर बुढाथोकी, कोषाध्यक्षमा दिपक खत्री, सह-सचिबमा कुल बहादुर खत्री, सह-कोषाध्यक्षमा पबन बस्नेत (राजु) रहेका छन ।
त्यसैगरि निर्वाचित हुने सदस्यहरूमा दिपक बस्नेत, सुनिल बस्नेत, मोहन खत्री, अनिल बस्नेत, देबी बस्नेत(महिला सदस्य), निश्चल न्युरे, सुजन नेपाली र ओम केसी रहेका छन ।

जुलाई २९ मा सम्पन्न गल्कोट समाज जापन क्षेत्रीय समिति क्युसुको छैठौ अधिवेशनले देविलाल गैरेको अध्यक्षतामा आगामी कार्यकालको लागि १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका सह कोषाध्यक्ष टंक गैरेको विशेष उपस्थितिमा सम्पन्न अधिवेशनमा खादा मालाको प्रयोगलाई न्यूनिकरण गर्दै पद भन्ने सानो ठूलो नभनि कार्य गर्ने ज़िम्मेवारीको लागि भूमिका मात्र हो भन्ने सन्देश दिने प्रयास गर्दै सबैलाई समेटेर कार्यसमिति चयन गरिएको निर्वाचन संयोजक बिपिन कंडेलले जानकारी दिए ।
निर्वाचित भएका उपाध्यक्षमा राम खत्री, भवनाथ गैरे, सचिव रोहित खत्री, सह सचिव ओम बस्नेत, कोषाध्यक्ष सागर थापा र सह कोषाध्यक्ष धुर्वराज गैरे रहेका संयोजक कंडेलले बताए ।
संयोजक कंडेलका अनुसार निर्वाचित हुने सदस्यहरूमा टंक प्रसाद गैरे, राजु गैरे, मोहन खत्री, दिपक गैरे, डिल्ली राज गौतम, दिपेन्द्र गैरे, मनिसा बस्नेत, रन्जिता गैरे, मिना गैरे र ममता गैरे रहेका छन ।



