सत्ताधारी दलका पूर्व महासचिव तोसिहिरो निक्केईसँग प्रचण्डले भेटवार्ता गर्ने

-


     जनहित न्युज    
     श्रावण २४ गते २०७९


पाँच दिने जापान भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जापानको सत्ताधारी दल एलडिपिका पूर्व महासचिव तथा मन्त्री तोसिहिरो निक्केईसग भेटवार्ता गर्ने भएका छन।
जापान- नेपाल संसदीय समितिका सभापति रहेका निक्केईसग नेपाल – जापानको द्विपक्षीय सम्बन्ध र हितका बारेको आवश्यक छलफल हुने बताईएको छ । जापानको सत्ताधारी दल एलडिपिका प्रमुख ४ पदमध्यको मुख्य शक्तिशाली पदका रूपमा मानिने महासचिव पदमा रहेर २०१६ देखि २०२१ सम्म कार्य गरिसकेका ८३ वर्षीय निक्केइ अर्थ, वाणिज्य तथा उद्योग मन्त्री, यातायात मन्त्री भैसकेका छन । उनीसँगको प्रचण्डको भेटले नेपालमा जापानले गर्दै आइ रहेको आर्थिक लगायतको सहयोग अभिवृद्धिमा थप टेवा पुग्ने अपेक्षा रहेको बताईएको छ ।
टोकियोमा हुने उक्त भेटवार्ताका लागि नेपाली दूतावास टोकियोले पूर्व तयारीको कार्य सम्पन्न भैसकेको जनाएको छ । तोसिहिरो निक्केई सत्तारुड दल एलडिपिका प्रभावशाली नेता मानिन्छन । गत अक्टोवरमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ८२ वर्ष ८ महिनाको उमेरमा उनी चुनावमा सबैभन्दा जेष्ठ सदस्यको रूपमा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?