
जापान भ्रमणमा रहनु भएका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता, पुर्व महासचिव, पुर्व अर्थ, व्यापार तथा उधोगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइ(Toshihiro Nikai) भेटवार्ता भएको छ।
एलडीपी हेडक्वार्टर टोकियोमा भएको भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहर/नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको छ।
जापानको सत्तारुढ दल एलडिपी कार्यलयमा भएको भेटमा पूर्व महासचिव एव वरिष्ट नेता निक्केई संगको भेटले नेपाल र जापान बिचको सम्बन्ध अझै प्रगाढ बनाएको अध्यक्ष प्रचण्डले बताएका छन । भेटमा नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, उपनियोग प्रमुख अम्बिका जोशी सहितको सहभागिता रहेको थियो ।
प्रचण्डको पाँच दिने भ्रमणमा राजनैतिक भेट सहित पर्यटन, कृर्षि र प्रविधिमा जापानले गरेको विकास र नेपाली समुदायद्वारा संचालन गरेको विद्यालयको बारेमा प्रत्यक्ष अध्ययन अवलोकन गरेका छन ।