
५ दिने जापान भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साइतामा प्रान्तको कृषि विकास सहयोग विभाग अन्तर्गतको Kurousu Orchid Ltd. को अवलोकन भ्रमण गरेका छन।
जापान भ्रमणका क्रममा जापानको कृषि प्रविधि र प्रणालीको अध्ययन अवलोकन गर्ने अध्यक्ष प्रचण्डको मुख्य इच्छा अनुरूप सो ठाउको अवलोकन भ्रमण गरेका हुन ।

साइतामामा रहेको कृषि विभाग अवलोकनका क्रममा अध्यक्ष प्रचण्डलाई नेपालका लागि जापानी पुर्वराजदुत मासामिचि साईगो र साइतामा प्रान्त सरकारका प्रतिनिधि लगायतले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए ।
उक्त अवसरमा जापानका लागी नेपाली राजदुत दुर्गाबहादुर सुवेदी, दूतावासका कर्मचारी तथा नेपाली समुदायका अगुवाहरुको सहभागीता रहेको थियो।

अध्यक्ष प्रचण्डले पुर्व राजदुतलाई संकेत गर्दै भने- “हाम्रो पुरानो मित्रलाई थाहा छ, नेपाल कृषि प्रधान मुलुक हो। हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उधोगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौ।” उनले भने- त्यसको लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं । तपाईंहरुको प्रविधि हामी सिक्न चाहन्छौ। यहा महामहिम राजदुत र नेपाली प्रतिनिधिका अगुवा पनि हुनुहुन्छ। तपाईंहरुले नेपालमा पनि यो प्रविधिलाई पुर्याउन पहल गरिदिनुपर्यो ।”








