
आहा गलकोट
यो मनमा गलकोट तन र बचनमा गलकोट। कर्मका हिसाबले सूर्योदयको देशमा छु तर कल्पनामा होस् वा सुन्दर भविष्यको परिकल्पनामा होस् म गलकोटमै छु। विदेशकै भुमिमा रहेको कारण थुप्रै जिल्लाका साथीसँग भेट हुने मौक़ा र अवसर प्राप्त भएको छ अनि सुरु हुन्छ परिचयको काहानी वा मेरो हाउभाउबाट पनि थाहा पाउने गर्नुहुन्छ कोहि साथीहरू त। तपाई गलकोटे हो जस्तै लाग्यो भन्नुहुन्छ।
मेरो परिचय दिदा म गलकोट बाट नै सुरु गर्ने गर्छु। जापानमा बसोबास गर्नुहुने १ लाख नेपाली गलकोट नाम नसुनेको कोहि हुनुहुन्छ जस्तो मलाई कतै लाग्दैन। मेरो परिचय दिदा सुनेको गलकोट अब तपाईले प्रत्यक्ष भौतिक रुपमा पुगे जस्तै गरि हामी तपाईलाई देखाउदै छौ। तपाईले सुनेको गलकोट अब हेर्ने होईन त ??
गलकोट बाग्लुङ जिल्लाको ऐतिहासिक स्थल हो । यहाँ १०३९३ फिट अग्लो स्थानमा घुम्टेको यो लेकबाहेक ऐतिहासिक गलकोट राजाको दरबार, पाण्डवखानीको मनोरम दृश्य, गाजाको दह, निश्चल र कञ्चन गौदी र दरम, गाईघाट झरना,अन्तर्राष्ट्रीय मूर्तिकला लगायत यहाँका आकर्षण हुन् । तत्कालिन अवस्थामा बागलुङ सदरमुकामदेखि १० कोष पश्चिममा रहेको गलकोट क्षेत्रभित्र १५ गाविस थिए । चौबिसे राज्य हुँदा गलकोटे राजाले शासन गरेको स्थान भएकाले पनि उक्त स्थान ऐतिहासिक हिसाबले महत्त्वपूर्ण छ । प्राकृतिक सम्पदा, यहाँको खेति योग्य जमिन, चाडपर्व, घाटु नाच, लाखे नाच, रितीरिवाज, संस्कृति र जैविक हिसाबले पनि गलकोट जिल्लाको महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।
नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम हो बागलुङ र त्यहि जिल्ला भित्रको एउटा सुन्दर फुलबारी हो गलकोट गलकोटलाई चिनाउने अन्य पहिचानहरु पनि छन् । ती हुन् अग्लाअग्ला पहाडका चुचुरा, कलकल बग्ने खोला र छहरा, सुन्दर बस्ती, घना जंगल, मौलिक स्थानीय उत्पादन आदि ।
मेरो परिचय दिदा सुनेको गलकोट अब तपाईले प्रत्यक्ष भौतिक रुपमा पुगे जस्तै गरि हामी तपाईलाई देखाउदै छौ। तपाईले सुनेको गलकोट अब हेर्ने होईन त ??
पहाड, जल, जंगल, जड़िबुटी, जनघनत्व र उर्वर भूमि गलकोटका आकर्षण हुन् । गौरवशाली इतिहास, सांस्कृतिक विविधता, भावनात्मक एकता र पर्यटकीय सम्भावनाले भरिपूर्ण भूगोल नै गलकोटको संक्षिप्त चिनारी हो । यही गलकोटे भूगोलभित्रको इतिहास, शैक्षिक जागरण, सांस्कृतिक सम्पदा, साझा मनोविज्ञान र पर्यटकीय सम्भावनाको संक्षिप्त चिनारी गराउदै झण्डै ३०० वर्ष पुरानो ईतिहासलाई यस गलकोट नाम वृत्तचित्रमा आकाश थापाले ऐतिहासिकता दस्तावेजको रुपमा हामी माझ लिएर आउनु भएको छ।
सानै उमेर यस किसिमको बृहत्तर सोचका साथ यस सामाग्री तयार पार्नु हुने निर्माता आकाश थापालाई हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहान्छु। एक भेटमा थापालाई यो सोच कसरी आयो भनेर सोधेको थिए छोटो जवाफ दिनुभयो मानिसको जिवनको एकदिन समाप्त पक्कै हुन्छ ।
हामीलेट सुनेको गलकोटलाई अझै साना नानीबाबुलाई आफ्नो ठाउ चिनाउने अवसरलाई सदुपयोग गर्दै अब एक पटक आफ्नै आखाले हेर्ने सुनौलो अवसर नछुटाउनु हुन सबैमा अनुरोध गर्न चाहन्छु।
तर यो दस्तावेज जिवन्त रहन्छ भावी पुस्तालाई खोजमुलक र अनुसन्धान मुलक बन्न सक्छ आहा कति राम्रो सोच हजुरको सगै जोडे मैले यो सामग्री तयार गर्दा कति दुख भयो ?? थापाले हासीहासी भन्नुभयो दुख त कति भयो भयो तर सोचे अनुसारको सामाग्री तयार पारेर हजुरहरुमाझ लिएर आउदै छु त्यसमा नै सबै दुख ओझल परेका छन्।
यहि आउने सेप्टेम्बर २० तारिक टोकियोको नाकानो जिरो हलबाट पहिलो पर्दशन सुरु गर्ने यस वृत्तचित्रले जापानका अन्य शहर हुदै अन्य देशमा पनि आफ्नो प्रर्दशन गर्नेछ। टोकियो क्षेत्रमा बसोबास गरेनुहुने सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुले सुनेको गलकोटलाई अझै साना नानीबाबुलाई आफ्नो ठाउ चिनाउने अवसरलाई सदुपयोग गर्दै अब एक पटक आफ्नै आखाले हेर्ने सुनौलो अवसर नछुटाउनु हुन सबैमा अनुरोध गर्न चाहान्छु।



