प्रचण्ड आज ‘सम्वृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा प्रमुख वक्ताको रूपमा सहभागी हुदै

-


     जनहित न्युज    
     श्रावण २२ गते २०७९


पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका प्रमुख नेता मध्यका एक पुष्पकमल दाहाल’प्रचण्ड’ ले आज ‘सम्वृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा सहभागी हुदै छन ।
साउन २१ देखि २५ गते अर्थात् अगस्ट ६ देखि १० तारिख सम्मको जापान भ्रमणका लागि शनिबार जापान आइपुगेका प्रचण्डले नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा टोकियोको ख़ामेइदो स्टेशन नजिकै हुने अन्तरक्रिया मूलक सो कार्यक्रममा प्रमुख वक्ताको रूपमा सहभागी हुन लागेको मंचलव महासचिव बाबुराम पौडेलले जानकारी दिए ।
प्रवासमा रहेका नेपालीमार्फत कसरी नेपालको आर्थिक समृद्धि र विकासमा टेवा पुर्याउन सकिन्छ सो बारेमा प्रचण्डले आफ़नो महत्वपूर्ण विचार राख्ने बुझिएको छ ।
शनिबार बिहान जापान आएसंगै दिएको संक्षिप्त प्रतिक्रियामा प्रचण्डले जापानमा रहेका नेपालीको अवस्थालाई नजिकबाट बुझन र अन्तरक्रिया गर्न आफू इच्छुक रहेको बताएका थिए ।
त्यस लगत्तै उनी नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्न फुकुओका पुगेका थिए र शनिबार नै साँझमा जापानको ओसाकामा नेपाली जनप्रगतिशील मंच कान्साइ क्षेत्रीय समितिले आयोजना गरेको भेटघाट तथा डिनर कार्यक्रममा सहभागी भै आइतबार बिहान हिरोशिमाको एतिहासिक संग्रहालयमा पुगी त्यस क्षेत्रको अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?