तस्विर समाचार

एनआरएनए जापान निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्बरराज पौडेल चयन

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११ अधिवेशन पश्चात हुने कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन गरिएको छ। नव गठित निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्बरराज पौडेललाई चयन गरेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार तीन सदस्यीय निर्वाचन समितिमा ईन्जिनियर डम्बर पुन र पत्रकार आनन्द कोइरालालाई चयन गरिएको छ। यस्तै बैठकले निर्वाचन अनुगमनका लागि शिवप्रसाद पौडेल र कृष्ण अधिकारीलाई चयन गरिएको छ। जुलाई १४ तारिक एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा बसेको अनलाईन बैठकले आगामी २९ तारिक अधिवेशन… पुरा पढौ

जापानको आम्दानी बाख्रापालनमा लगानी

गलकोट- गलकोट नगरपालिका-५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त छन्। एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुगेका रमेश बस्नेत आठ वर्ष जापानमा बसे। कोराना कहरको समयमा नेपाल आएका बस्नेत पुनः जापान फर्कन चाहेनन्। कोरोना कहरमा धेरै नेपाली समस्यामा परेको सम्झदै बस्नेतले आत्मनिर्भर हुनका लागि कोरोनाले पाठ सिकाएको स्मरण गरे। बस्नेतले आठ वर्षको जापान बसाई टुंगाएर गलकोट नगरपालिका-९ गल्याङमा आधुनिक बाख्रा फर्म निर्माण गरेर बाख्रापालन गर्दै आएका छन्। बस्नेतले गल्याङमा झन्डै तीन रोपनी जग्गामा समुन्नत एग्रो फर्म स्थापना गरी बाख्रापालन गर्दै… पुरा पढौ

एनआरएनएलाई विश्वसनीय साथी बनाउने अभियानका लागि एनआरएनए जापानको सचिव पदमा दिलिप कंडेलको उम्मेद्बारी

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको २०२३–२०२५ कार्यकालको लागि सचिव पदमा दिलिप कंडेलले उम्मेद्बारी घोषणा गरेका छन ।एनआरएनए जापानको गरिमालाई उचाइमा पुर्याउनका लागि जापानमा स्थापित संघ-संस्थासंग समन्वय गर्दै नेतृत्वमा युवा सहभागिता, आर्थिक पारदर्शिता एवं नीति तथा विधि सम्वत् संस्थाको संचालनका लागि आफूले सामाजिक संजालमार्फत सचिव पदमा उम्मेद्वारी दिएको कंडेलले बताएका हुन ।‘एनआरएनएलाई विश्वसनीय साथी बनाउने अभियानमामा यस कार्यकालमा सदस्य पदमा रहेर मैले सकेको जिम्मेवारी निर्वाह गरे ।’ एनआरएनए जापानको आगामी कार्यकालका लागि सचिव पदका प्रत्यासी कंडेलले भने- अब सचिव… पुरा पढौ

‘एनआरएनएप्रति युवापङ्तीमा विश्वासको वातावरण सृजना गर्न मेरो उम्मेद्वारी हो।’ एनआरएनए जापानमा युवा संयोजक पदका प्रत्यासी मुक्तिराज रेग्मी

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान आसन्न हुन लागेको २०२३-२५ कार्यकालको लागि पर्वतका मुक्तिराज रेग्मीले उम्मेदवारी घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।लामो समयदेखि आफू जापानको चिवा र टोकियोलाई कर्मथलो बनाएर सक्रिय रहेको र युवा संयोजकका प्रत्यासी रेग्मीले आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई एनआरएनएमार्फत बृहद् बनाउन उम्मेदवारी घोषणा गरेको बताए ।एनआरएनए जापानको चिवा क्षेत्रीय समितिमा २०२१देखी २०२३ सम्म संयोजक भएर कामको कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको अनुभव सङ्गालेका रेग्मी पर्वत समाज जापानको उपाध्यक्ष… पुरा पढौ

एनआरएनए जापानमा संस्थागत सुधार ल्याउने दाबीसहित उपाध्यक्षमा सुभास लामिछानेको उम्मेद्बारी घोषणा

जिम्मेवार र उत्तरदायी नेतृत्व, संस्थागत सुधारमा प्राथमिकता जापानवासी नेपालीको आवद्धता बृद्धि र सहभागीता भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघको अभियानमा लागेर सक्रिय भूमिका निर्वाह गरिसकेका सुवास लामिछानेले एनआरएनए जापानको २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।वर्तमान कार्यसमितिमा प्रवक्ताको जिम्मेवारीमा रहेका उपाध्यक्ष पदका प्रत्यासी लामिछानेले संघको जिम्मेवारी तहमा रहेकाहरूले जवाफदेही रूपमा कार्यसम्पादन गर्न गराउन, एनआरएनएलाई प्रवासमा नेपालीहरुको अभिभावकिय भूमिकामा रहेको ब्यवहारिक रुपमानै अनुभुत गराउन तथा युवा पुस्तालाई एनआरएनए जापानका गतिबिधिमा चासो राखी सकारात्मक सहयोग पुर्‍याउन अभिप्रेरित गर्नका लागि… पुरा पढौ

सामाजिक सेवामा सक्रिय चन्द्राकुमारी केसीले एनआरएनए जापानको महिला सचिव पदमा उम्मेद्वारी घोषणा

एनआरएनए जापानको ११ औ अधिवेशनको मिति नजिकिएसंगै आगामी कार्यकालको लागि उम्मेद्बारी घोषणा गर्ने क्रम बढेको छ ।नैतिकता, इमानन्दारिता सक्षम,समाबेसी र संगठनात्मक एक्यबद्धता एनआरएनए जापानमा महिला सहभागिता भन्ने आफ्नो मान्यता राख्दै महिला सचिबको पदमा वर्तमान कार्यसमिति सदस्य समेत रहेकी चन्द्राकुमारी केसीले उम्मेद्बारी घोषणा गरेकी छन ।जापानमा नेपाली समुदायभित्र हुने गरेका महिला हिंसा र घरेलु हिंसाको न्यूनीकरण गर्नको लागि सक्रिय भूमिका निर्वाह गरि पिडित पक्षलाई सहयोग प्रदान गर्दै आइरहेकी केसीले संस्थागत रूपमा कार्य गर्न रसक्रिय सामाजिक सेवा गर्नका लागि एनआरएनए जापानको २०२३-२०२५… पुरा पढौ

अल्पायुमै जापानमा ज्यान गुमाए विद्यार्थी भिषामा आएका धादिङका सुदीप आचार्यले

जापानमा अध्ययनका लागि आएका नेपालको धादिङ जिल्ला थार्के गाउपालिका वार्ड नम्बर ९ का सुदीप आचार्य खोलामा मृत अवस्थामा फेला परेका छन ।रिचिनोमोरी जापानिज ल्याङवेज स्कुल, योगोकु सुमिदा कु टोकियोमा भाषा विद्यार्थीको रुपमा करिब एक वर्षअघि मात्र जापान आएका २३ वर्षीय आचार्यलाई स्थानीय खोलामा मृत फेला परेका हुन ।टोकियोको सुमिदा कुमा बस्दै आएका आचार्य सोमबार राती ११ बजे साथीहरुलाई एकैछिन बाहिर निस्कन्छु भनेर कोठाबाट बाहिर निस्किएका थिए । तर उनी मंगलबार बिहानसम्म नफर्केपछि खोजी गर्दा नजिकैको खोलामा तैरिएको अवस्थामा मृत भेटिएको… पुरा पढौ

सामाजिक सेवामा सक्रिय रामबहादुर थापाले गरे एनआरएनए जापानको सह- कोषाध्यक्षमा उम्मेद्वारी घोषणा

‘आर्थिक अनुशासन, पारदर्शिता, कोष अभिवृद्धिमा मेरो प्रतिबद्धता’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२३-२५ कार्यकालका लागि रामबहादुर थापाले सह- कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनए जापानको केन्द्रीय सदस्य रहेर कार्य गरिरहेका थापाले एनआरएनए जापानमा आर्थिक अनुशासन क़ायम गराउन र संघलाई बलियो बनाउन कोष अभिवृद्धि मुख्य पाटो रहेकोले त्यस कार्यको परिपूर्तिका लागि आफूले सह- कोषाध्यक्षमा उम्मेद्बारी घोषणा गरेको बताए । एनआरएनएको अभियानसहित विभिन्न संघ संस्थामा आबद्द रहेर सामाजिक सेवाका कार्यमा लामो समयदेखि सक्रिय थापा जापानको नागोयामा… पुरा पढौ

जापानको ओसाकामा आफैले संचालन गरेको रेष्टुरेण्ट भित्र बिहुका खत्री मृत र अर्की एक महिला अचेत अवस्थामा फेला 

जापानको ओसाकाको इकेदा सुमियोशीमा एक नेपाली मृत अवस्थामा फेला परेका छन भने भने अर्की एक महिला अचेत अवस्थामा फेला परेकी छन।नेपालको बागलुङ जिल्लाको काठेखोला गाउपालिका वार्ड नम्बर ५ राइतेपोखरीका ४७ वर्षीय पुरन क्षेत्रीको उनी आँफैले संचालन गरेको रेष्टुरेण्टभित्र बुधवार बिहान मृत अवस्थामा फेला पारिएको र अर्की अन्दाजी ४० वर्षीय महिला अचेत अवस्थामा ढलिरहेको फेला पारेको जापान प्रहरी जनाएको छ ।“मंगलबार नियमित जस्तै राती १२ बजेसम्मपनि रेष्टुरेण्टबाट घर नफर्किएपछि मृतकका छोराले पटक पटक फ़ोन सम्पर्क गर्दापनि उनको फ़ोन उठेको थिएन ।… पुरा पढौ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । पुरा पढौ