जापानको ओसाकामा आफैले संचालन गरेको रेष्टुरेण्ट भित्र बिहुका खत्री मृत र अर्की एक महिला अचेत अवस्थामा फेला 

-


     जनहित न्युज    
     असार २७ गते २०८०


जापानको ओसाकाको इकेदा सुमियोशीमा एक नेपाली मृत अवस्थामा फेला परेका छन भने भने अर्की एक महिला अचेत अवस्थामा फेला परेकी छन।
नेपालको बागलुङ जिल्लाको काठेखोला गाउपालिका वार्ड नम्बर ५ राइतेपोखरीका ४७ वर्षीय पुरन क्षेत्रीको उनी आँफैले संचालन गरेको रेष्टुरेण्टभित्र बुधवार बिहान मृत अवस्थामा फेला पारिएको र अर्की अन्दाजी ४० वर्षीय महिला अचेत अवस्थामा ढलिरहेको फेला पारेको जापान प्रहरी जनाएको छ ।
“मंगलबार नियमित जस्तै राती १२ बजेसम्मपनि रेष्टुरेण्टबाट घर नफर्किएपछि मृतकका छोराले पटक पटक फ़ोन सम्पर्क गर्दापनि उनको फ़ोन उठेको थिएन । “ स्रोतले भन्यो- मृतकका छोरा बिहान रेष्टुरेण्टमा आई हेर्दा सुतेको जस्तो देखिएको र ढोका खोल्ने प्रयास गर्दा नखुलेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीको सहयोगमा ढोका खोलेर हेर्दा खत्री मृत अवस्थामा र महिला अचेत अवस्थामा फेला परेका थिए ।

अचेत अवस्थामा फेला परेकी महिलालाई प्रहरीले तत्काल उद्धार गरि अस्पताल लागिएको र मृतक खत्रीको शवलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ । शवको पोष्टमार्टमका लगिएको र मृत्यु के कारणले भएको हो आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अचेत महिलाको बारेमा केहि खुलाईएको छैन ।
मृतकका श्रीमति २ छोरा रहेका छन । लामों समयदेखि जापानमा कार्यरत मृतक खत्रीको श्रीमति मंगलबार मात्र नेपाल गएको पारिवारिक स्रोतले जनाएको छ ।
मृतक खत्रीसँगै काम गर्ने कामदार मंगलबार बेलुका ६ बजेतिर नै कामबाट घर गएको उनका छोरालाई टेलिफ़ोनमा जानकारी गराएका थिए ।मृतक खत्रीको छोराले अन्तिम पटक बेलुका ८ बजेतिर कुराकानी भएको बताइएको छ ।
घटनास्थलको टेबुलमा खानेकुरा रहेको, मृतक र अचेत महिलाको कतै चोटपटक नदेखिएको पसलमा पनि तोड़फोड़ केहि नभएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?