तस्विर समाचार

चितवन समाज जापानले जुलाई १७ मा बार्बेक्यु कार्यक्रम गर्ने

चितवन समाज जापानले बार्बेक्यु कार्यक्रमको आयोजना गर्ने भएको छ ।चितवनबाट जापानमा आई विभिन्न पेशा, व्यवसाय,अध्ययन र रोज़गारी गरिरहेका र जापानबासी नेपाली समुदायका बिचमा भाइचारा, आत्मियता र आपसी सम्बन्धलाई प्रगाढ़ बनाउन बनाउनका लागि सो कार्यक्रम गर्न लागिएको समाजका वरिष्ठ उपाध्यक्ष टंक गैरेले जानकारी दिए ।सामाजिक सेवामा क्रियाशील रहदै आएको समाजले जापानमा रहेका नेपाली समुदायमार्फत समृद्धि चितवन निर्माणमा आफ्नो भूमिकालाई क्रियाशील बनाउनका लागि बार्बेक्यु कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने समाजका अध्यक्ष ईश्वरी कंडेलले बताए ।जुलाई १७ तारिकका दिन जापानको कासाई रिन्काइ पार्कमा… पुरा पढौ

हेटौंडामा बनेको फोहोर व्यवस्थापन गर्ने मेसिन जापान निर्यात, नेपालमा बिक्रि गर्न कानुनी जटिलता

फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने नेपालमै बनेको मेसिन जापान निर्यात सुरु भएको छ । आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त मेसिन जापान निर्यातको सुभारम्भ गरेका हुन् ।जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको हो । यहाँबाट उत्पादित मेसिन जापान निर्यात भइरहेको छ । कानुनी जटिलताका कारण नेपालमा भने मेसिन बिक्री गर्न समस्या भएको छ । विश्व बजारमा फोहोर चुनौतीका रुपमा देखिएका कारण… पुरा पढौ

एलन मस्कको लगानी रहेको इलेक्ट्रिक फ्लाइङ (उड्ने)कारले पायो उडान अनुमति

काठमाडौं । एलन मस्कको कम्पनी स्पेस एक्सको लगानी भएको एलेफ एरोनोटिक्सले उड्ने कारको परीक्षणको अनुमति पाएको छ ।  क्यालिफोर्नियाको उक्त कार निर्माता कम्पनीले हालै एक विज्ञप्ति जारी गर्दै फ्लाइङ कार ‘मोडल ए’ का लागि संघीय उड्डयन प्रशासन (FAA) बाट उडान अनुमति पाएको जानकारी दिएको हो ।  कम्पनीले आफूलाई उड्ने कारको परीक्षणका लागि अनुमति पाउने पहिलो कम्पनी भएको समेत दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै एलेफका सीईओ जिम डिखोब्नीले भने, “यसले हाम्रो समय बचत गर्न वातावरणलाई जोगाउन उत्तिकै… पुरा पढौ

दरमखोलाले बगाउँदा एक युवकको ज्यान गयो

वर्खा यामको सुरुवातमै गलकोटमा दरमखोलाले बगाउँदा एक युवकको ज्यान गएको छ ।  मंगलबार साँझ गलकोट नगरपालिका वडा नम्वर ११ रिघा स्थित दरमखोला हाईड्रो पावरको नजिकै पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ती युवकको ज्यान गएको हो । निर्माणाधिन दरमखोला हाईड्रो पावरमा काम गर्दै आएका ओखलढुङ्गा स्थायी घर भएका २२ वर्षिय मिलन कार्कीको ज्यान गएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।  कार्कीको शव पौडी खेलेको स्थानदेखि झण्डै ४ किलोमिटर तल खोलाको बिच भागमा फेला परेको प्रहरीले जनाएको छ ।  पुरा पढौ

नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कपको च्याम्पियन

काठमाडौं  । बलिङमा अभिषेक तिवारी र ब्याटिङमा नरेन चम्किएपछि फाइनलमा घरेलु टिम मलेसियाविरुद्ध २२१ रनको फराकिलो जित निकाल्दै नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको छ ।  मंगलबार मलेसियाको बायुइमास ओभलमा नेपालले प्रस्तुत गरेको २५३ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिम १४.५ ओभरमा ३१ रनमै समेटियो । मलेसियालाई सस्तैमा समेट्न घातक बलिङ गरेका अभिषेकले पाँच विकेट लिए । ६ ओभर बलिङ गरेका अभिषेकले एक मेडन राख्दै सात रन मात्र खर्चिए । सन्तोष यादवले तीन विकेट लिए । तीन… पुरा पढौ

एसइईको नतिजा बिहीबार सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।  उनका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गरिनेछ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ‘नन… पुरा पढौ

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी तथा राति कोशी, गण्डकीका साथै मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघ/गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको हो ।   हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा… पुरा पढौ

जापानमा जग्गाको मूल्य लगातार दोस्रो वर्ष पनि बढ्यो, जापानमै सबैभन्दा महँगो जग्गा टोकियोको गिन्जा सपिङ सेण्टर र चुओ-दोरी वरिपरि

जापानमा जग्गाको मूल्य एक वर्ष अघिको तुलनामा औसतमा १.५ प्रतिशतले बढेको जुलाई ३ मा जारी गरिएको सरकारी तथ्याङ्कले देखाएको छ ।कोभिड–१९ को महामारीबाट अर्थतन्त्रमा सुधार आएसँगै जग्गाको मूल्य बढ्दै गएपछि सहरबाट अन्य ग्रामीण क्षेत्रमा जान थालेसंगै जग्गाको मूल्यमा वृद्धि भएको हो ।देशव्यापी रूपमा २०२० सम्म लगातार पाँच वर्षसम्म बढेको जग्गाको मूल्य कोभिड-१९ को महामारीका कारण २०२१ मा ०.५ प्रतिशतले घटेको थियो।२०२२ मा आउदा औसत ०.५ प्रतिशत बृद्धिको साथ रिबाउन्ड भएको कारोबारसहितको मूल्य यस वर्षको वृद्धि दर यो भन्दा बढी छ।जापानका… पुरा पढौ

टोकियोको सिम्बासीमा विस्फोट हुँदा ४ जना घाइते

जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विस्फोटमा परी चार जना घाइते भएका छन् । स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर शिम्बाशी स्टेसनबाट करिब ३०० मिटरको दूरीमा रहेको आठ तले भवनमा विस्फोटपछि आगलागी भएको थियो । टोकियो नगर प्रहरी विभागका अनुसार विस्फोटमा परी चार जना सामान्य घाइते भएका छन् । जसमध्ये दुई जना पैदल यात्री र दुई जना रेष्टुरेन्टका कर्मचारी रहेका छन् । विस्फोट हुँदा घटनास्थलबाट निकै टाढासम्म विस्फोटको आवाज सुनिएको र त्यसपछि भवनको दोस्रो… पुरा पढौ

कंक्रिटका घरले भरिन थाल्यो खहरे गाउँ

बागलुङ बजार नजिकै छ खहरे गाउँ। दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए। सहरबाट नजिक सुन्दर गाउँ भएकाले घुम्न आउने मोहित हुन्थे। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमै पर्ने भए पनि खहरे गाउँलाई आधुनिकताले छोएको थिएन। मौलिक कला, संस्कृति र सम्पदा संरक्षित थिए। अहिले गाउँले मौलिकता गुमाउँदै गएको छ। गाउँमा मौलिक परम्परा बोकेका घर भेट्टाउनै मुस्किल छ। खर र ढुङ्गाका छाना भएका घर कम हुँदै गएका छन्। पछिल्लो समय गाउँमा घर जस्तातापाले छाइन… पुरा पढौ