वर्खा यामको सुरुवातमै गलकोटमा दरमखोलाले बगाउँदा एक युवकको ज्यान गएको छ ।
मंगलबार साँझ गलकोट नगरपालिका वडा नम्वर ११ रिघा स्थित दरमखोला हाईड्रो पावरको नजिकै पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ती युवकको ज्यान गएको हो ।
निर्माणाधिन दरमखोला हाईड्रो पावरमा काम गर्दै आएका ओखलढुङ्गा स्थायी घर भएका २२ वर्षिय मिलन कार्कीको ज्यान गएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
कार्कीको शव पौडी खेलेको स्थानदेखि झण्डै ४ किलोमिटर तल खोलाको बिच भागमा फेला परेको प्रहरीले जनाएको छ ।