तस्विर समाचार

बागलुङमा चट्याङ लागेर दुई बालबालिकाको मृत्यु

बागलुङको ढोरपाटन नगरपालिका -५ मा चट्याङ लागेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।शनिबार राति वर्षासँगै परेको चट्याङले ढोरपाटन नगरपालिका -५ पाखापानीका एकैघरका दुई जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए । उनका अनुसार स्थानीय चित्रबहादुर विकको घरमा शनिबार राति ८ः३० बजे चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर बच्चाको आमा यमकुमारी विक घाइते भएकी छन् । ‘अहिले ठूलोमात्रमा पानी… पुरा पढौ

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिकाको फरक फरक दुई स्थानमा  चट्याङ लागेर दुई जनाको मृत्युु भएको हो ।  शनिवार बेलुका करिब ५ बजेको समयमा चट्याङ लाग्दा दंगीशरण गाउँपालिका वडा नम्बर ६ निवासी ३२ वर्षीय समिर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख समेत रहनुभएका मल्लका अनुसार समिरलाई कामको सिलसिलामा खेतमा गएका समयमा चट्याङ लागेको थियो ।  यस्तै सोही समयमा चट्याङ… पुरा पढौ

नेदरल्यान्ड्ससँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्ससँग पराजित हुँदै नेपाल समूह चरण बाहिरिएको छ ।   टाकासिंगा स्पोर्टस् क्लबमा नेदरल्यान्ड्ससँग जित्नै पर्ने खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । प्रतियोगिताको समूह चरणबाट बाहिरिने नेपाल तेस्रो राष्ट्र बनेको छ ।  यस अघि नेपालसँगै समूह ए मा रहेको अमेरिका तथा समूह बी मा रहेको युएई प्रतियोगिताबाट बाहिरीसकेका छन् । नेपाल बाहिरिएसँगै जिम्बावे र वेस्ट इन्डिज पनि सुपर सिक्समा स्थान बनाउन सफल भएका छन् । नेपालले दिएको १ सय ६८… पुरा पढौ

युग अनुसारको साँस्कृतिक रूपान्तरण आजको आवश्यकता : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताएका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै यस्तो बताएका हुन्। उनले ज्ञान तथा साहित्य कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्रै अपेक्षित सफलता हासिल गर्नसक्ने बताएका छन्। अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सीमित हुन नहुने बताउँदै । उनले सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक… पुरा पढौ

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई करिब पाँच अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो ।  कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । हालसम्म कोषबाट ८४ हजार ६७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन् ।  औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ५५ करोड ४४ लाख ४७ हजार चार सय आठ, दुर्घटना तथा अशक्तता… पुरा पढौ

नेपालको चौथो विकेट खस्यो, क्रिज सम्हाल्दै रोहित र कुशल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले चौथो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् । उनको विकेट क्लेइटन फ्लाइडले लिएका हुन् । यससँगै नेपाल दबाबमा परेको छ । नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ६९ रन मात्रै जोडेको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् । पुरा पढौ

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।   ताकाशिंगा स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङमा मैदान उत्रर्नेछ । दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ । नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै… पुरा पढौ

अपमानित भएपछि थर परिवर्तन गर्ने कुमाल जाति बढे

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा रहेका २ सय घर धुरी कुमाल जातिले आफ्नो थर प्रति अपहेलना भएको भन्दै थर परिवर्तन गर्ने क्रम बढेको छ । कुमाल जातिले आफ्नो थर कुमाल प्रति अपहेलित महसुस गरि विगत देखि न‌ै थर परिवर्तन गरि राना र थापा लेख्दै आएका छन् । सो क्रम अहिले पनि जारी रहेको स्थानीय युवा तथा शिक्षक झलक थापा कुमालले बताउनुभयो । ब्राह्मण समाजमा बसेकोले विभिन्न कार्यक्रम र सभा ,भोज भतेरमा सँगै बस्न खान नमान्ने,सदरमुकाम तिर कोठा नपाउने जस्ता समस्या भएपछि… पुरा पढौ

अखाद्य वस्तु सेवन गर्दा दुई जनाको मृत्यु, दुई जना बिरामी

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरूलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको… पुरा पढौ

मादीमा एकल पुरुषलाई भत्ता, हलगोरु पाल्ने कृषकलाई अनुदान

कास्की । कास्कीको मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ । पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले अध्यक्षसँग विदुर कार्यक्रमअन्तर्गत विपन्न विदुरको सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउन कार्यविधि तर्जुमा गरी लागू गरिने बताए । यसैगरी पालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । गोरु संरक्षण गर्न हलगोरु पाल्ने किसानलाई अनुदानको व्यवस्था गरिने… पुरा पढौ